Custom Search

Sunday, November 23, 2008

तीन छोटा कबिताहरु

-इन्दु शर्मा


माया
अस्ति मैले अनलाइन भेटें !
हिजो सपनीमा !!
अघि सम्म संगै थियौँ!
अहिले बीरानीमा !!

शिक्षक
हिजो सम्म ऊ जे गर्थ्यो!
आज रोक्नुछ !!
बिद्यार्थीको अघि !
बसी अतीत छोप्नुछ !!

नेपालका नेता
नपाइन्जेल सबै गर्छु !
दिनु मलाई चान्स!!
पाएपछि सबै उस्तै !
कुर्सी माथि डान्स!!

Thursday, November 20, 2008

आकर्षक तस्विरहरु

प्रकृति पनि यति सुंदर देखिन्छ भनेर हामी विश्वास गर्न सक्दैनौ ...
यी आकर्षक तस्विरहरु शरद ऋतुमा क्यानाडाको बुचर्ट गार्डनमा खिचिएको हो, मिति भने यकिन साथ भन्न सक्दिन....










Monday, November 10, 2008

ग़ज़ल -आज तिमीलाई छुट्टै देखें !!

गजल -इन्दु शर्मा


आज तिमीलाई छुट्टै देखेँ, श्रृंगारले सजिएकी !
इन्द्रेणीको रङ्ग जस्तै, गहनाले भरिएकी !!

यौवनको रङ्ग होला अनुहारमा पोतिएको !
वसन्तको बहार जस्तै, हराभरा भरिएकी !!

आज तिमीलाई छुट्टै देखेँ, श्रृंगारले सजिएकी !
इन्द्रेणीको रङ्ग जस्तै, गहनाले भरिएकी !!

चालढाल नागबेली, गन्तव्यमा लम्किएको !
तिर्खाएको हरिण जस्तै, व्यग्र रुपमा देखिएकी !!

आज तिमीलाई छुट्टै देखेँ, श्रृंगारले सजिएकी !
इन्द्रेणीको रङ्ग जस्तै, गहनाले भरिएकी !!

Saturday, November 1, 2008

सपना

कथा -इन्दु शर्मा
"सपना "



आज सधैं झैं बिहानको रोशनीले कुखुराको भालेको डाँको ल्याएन। म झस्किएँ । कतै खोरमा थुनेको भाले चोरले लग्यो कि ? कतै मलसाँप्रोले खोर नै भत्काएर बियाड राखेको भाले पो खायो कि? म धर्खराउँदै कुखुराको खोर चियाउन पुगेँ।

रातको झिसमिसे उज्यालो, पूर्णिमाको रात आउन निकै रात बाँकी थियो। मेरा हातहरु सर्बप्रथम कुखुराको खोरका ढोकाहरूमा पुगे। ताल्चा यथास्थानमा नै पाए पछि म पुन: बिस्तारामा नै फर्किएँ ।

सूर्यदेवको दर्शन पाउन निकै समय बाँकी थियो। तैपनि मंसिरको बेला धान थन्क्याउन जानु पर्ने हो । म यही कुरासँगै हराइरहेको थिएँ । "फाँट पुरै फूकार भइसक्यो। " बाले हिजो भन्नु भएका कुराले त्यसको अर्थ बुझ्न मलाई गाह्रो भएन। गएको बर्ष मंसिरमा परेको असिनाले पूरै धान सखाप पारेको थियो। साउन भदौको ठूलो हावाहुरीले बगैंचाका सुन्तला रित्तै परेको थियो। यस बर्ष म मेरा कारण धानको नाश हुन दिन्न। यहि सोच्दै म डोरा नाम्लो लिएर फाँटतिर ओरालो झरेँ ।

सुन्तलीलाई निहिन उठाउन बोलाएको त्यो नि आइन । जुनकिरीको धिपधिप उज्यालोसँगै झरेको ओरालीको किन किन आभाषमा अर्कै थियो। मादी नदीको सुसाहट कता कता बिरानो लाग्दै थियो। लाटोकोसेरोको बिरह लाग्ने आवाज थिएन, झ्याउँकिरी को झ्याउँ झ्याउँ बन्द थियो। मनमा कता कता छटपटि र अनौठो तडपको आभाषसँगै म ओरालो लाग्दै थिएँ ।


अनकन्टार मरुभूमिको बिचमा लामबद्ध गाडीहरू, अनि तिनीहरूको प्याँ प्याँ आवाजले म ब्युझिएँ । म त्यतिबेला करपुटारको फाँटमा ओरालो लाग्दै गरेको रहेनछु, स्यास्त्रीबाट काफलटारको बाटो ओरालो लाग्दै पनि रहेनछु, म त अमेरिकाको पुरानो मरुभूमि र अहिलेको प्रगतिको शिखर चढ्दै गरेको टेक्सास राज्यको सडकमा दौडिरहेको थिएँ।