Custom Search

Saturday, January 31, 2009

म अक्षर शव्द बन्दिन!!!

अक्षर शव्द बन्दिन !!!

म एउटा अक्षर ,
म आँफुमा पूर्ण थिएं र अपूर्ण पनि किनकी ?
अक्षरको सह-अस्तित्व शव्दमा छ, शव्दको अर्थ छ अनि उपयोगीता पनि ।
म पूर्ण बन्नको लागि तिमी चहिन्छेउ ,किनकी?
तिमी पनि एक अक्षर हौं ,पूर्ण अपूर्ण !!
गन्तब्य त शव्दनै हो जसको लागि तिम्रो र मेरो सह-यात्रा अनिवार्य छ ।
अफसोच ,
शव्दको पूर्णता पश्चात अक्षर वाक्य बन्नुपर्दो रहेछ ।
हिजो म अक्षर बाट शव्द र शव्दबाट वाक्य बनाइएं ,
कैयौं अक्षर र अर्धा-क्षर पूर्णता दिएँ
अक्षर अक्षरमै समन्वय गराइदिएँ
शव्द र वाक्यमा अर्थपूर्ण भूमिका निर्वाह गरेँ
त्यहाँ मेरो अस्तित्व स्विकारीयो ,उपयोग गरियो ,
तत्क्षण पूर्ण विराम पनि !!
पूर्ण विराम संगै मेरो सह-अस्तित्व तिमी छुट्टीएउ
वाक्यवाट विस्थापित हुँदै शव्द र पून:अक्षर मै फर्काइएँ म !!
म अक्षर बनाइएँ ,
फगत अक्षर !!
निर्णयको युद्धक्षेत्रमा रेफ र तर्कुले सँग जुध्दिन
अक्षर र अर्धा-क्षर हरु सँग लड्दिन
स्वतन्त्र अक्षर अक्षर नै रहन्छु
म शव्द बन्दिन
म अणु अणु नै रहन्छु परमाणु बन्दिन
निस्चयनै म अक्षर अक्षर नै रहन्छु शव्द बन्दिन!!!

नमूना साहित्य समूह स्मारिका २०५८ मा प्रकाशित

Sunday, January 18, 2009

मेरो भन्नु छैन

यो मेरो अर्को ब्लगको लागि प्राप्त कविता हो ।
-------------------------------

सदा मेरो पर्खाइमा बस्नु पर्ने छैन
मेरो निम्ती भोगाइमा रम्नु पर्ने छैन
कतै किन एक्लो मनले रोज्नु पर्ने हैन
टाढा भए आफन्तहरु मेरो भन्नु छैन !

संसारमा एक्लै आएँ जान्छु पनि एक्लै
मेरो भोगाइ संसारलाई हुनु पर्ने बेग्लै
टुक्रिसके मन पनि नखोज है सग्लै
भेट्न पनि गाह्रो भयो ठाउँ पर्‍यो अग्लै !

किन यस्तो निष्ठुरी हो समय मेरो पनि
लाग्न पाए जाती हुन्थ्यो कसैलाई नभनी
कति टिक्ने हुँला र म बसेकोछु दिन गनी
अचानकै आए मेरो लागि मृत्‍युसूचक बनी !

रचना: "बागी"