Custom Search

Thursday, October 22, 2009

ग़ज़ल

खोटोसिक्का सरि भा-छु जिन्दगीको मोड भरि
सम्झिएर रुनु पर्ने अतीतलाई घरि घरि
घाऊ लाग्यो मुटु भरि मन भरि चोट पर्यो
त्यहि चोटले छट्पटिदै रोइ रा-छु सँधै भरि
दोबाटोमा तिमी आयौ बोलाएको थेन क्यारे
तिमीसंगै हिड्छु भनी सपना देखें थरि थरि
छाडेऊ हात तिम्लेपनि दोष नाना लगाई लगाई
त्यहि दोषको रापले होला जलिराछु सँधै भरि
माग्यौ तिमीले दिएँ सबै भए भरको रित्तो पारि
जाने बेला किन कुन्नि आखाँ थिए भरि भरि !!!

Thursday, October 15, 2009

आमा म पनि देश चलाउँछु !

बिनीता ढकाल
जनताले तिरेको करमा मस्ती गरेर ,
आफ्नो खल्ती भर्न ,
आमा! म पनि देश चलाउँछु
जनता छिंडिमा बाँच्न विवश भएपनी
आफ्नो महलको उचाइ बढाउँछु
आमा! म पनि देश चलाउँछु।
बिकासका निम्ती छुट्याइएको बजेटले
बिदेश भ्रमणमा जान पाए
आमा! म पनि देश चलाउँछु
जनताका छोराले साइकल नदेखेपनि
मेरो छोरालाई पजेरोमा घुमाउँछु
आमा! म पनि देश चलाउँछु।
आश्वासनका भाषण दिएर,
सत्तामा कब्जा जमाउन पाए
आमा! म पनि देश चलाउँछु
डिग्री पासका सर्टिफिकेट
जलाउन जनता विवश भएपनि
नि।मा।वि पास
भान्जालाई भन्सारको अधिक्रित बनाउँछु
आमा! म पनि देश चलाउँछु।
राष्ट्रिय सम्पत्ति बेचेर घरखर्च चलाउन पाए
आमा! म पनि देश चलाउँछु
जनताका छोराछोरीले शिक्षा नपाएपनि
आफ्ना सन्तानलाई बिदेशमा पढाउँछु
आमा! म पनि देश चलाउँछु।
विदेशी अनुदानलेछोरीको कन्यादान गर्न पाए
आमा! म पनि देश चलाउँछु
गरिबीको पराकाष्ठामा देश पुगेपनि
आफ्नो कमिसनको रेट बढाउँछु
आमा! म पनि देश चलाउँछु
आमा! म पनि देश चलाउँछु!!!!

Friday, October 9, 2009

केवल एउटा श्रृजनाको लागी

दिमागमा भएका सबै शब्द चाङ्ग मिलाई मिलाई
एक शब्द समीकरण बनाउछु
शब्द भण्डार अलि संकोचित बनेको छ आज भोलि
सायद भावना संगै बग्ने मन कतै अल्झेको छ
मनको डोरी माया बनि बल्झेको छ
अनि शब्द समीकरण परिवर्तन गर्न खोज्छु
शुत्र र शिद्धान्त हरु परिवर्तन गर्छु
केवल एउटा श्रृजनाको लागि
तल्लिन हुन्छु ,समर्पित हुन्छु
सँधै प्रयत्नशिल
एउटा श्रृजनाको लागि
शब्द कोषका पानाहरु विचरण गर्छु
प्रतिक र बिम्बले श्रृजना सिंगार्न मन लाग्छ
श्रृजनै श्रृजनाको खात लगाएर बिसिस्ट बन्न मन लाग्छ
तैपनि खै किन हो कुन्नि मनको तस्विर मनमै रहन्छ
तस्विर संग मिल्ने कुनै शब्दै भेट्टाउन्न
मानौ शब्दकोषमा भएका शब्द हरु मनको तस्विर संग सुहाउन्नन
अझ भनौ कुनै त्यस्तो शब्दै छैन जसले मेरो मनको प्रतिबिम्बको बर्णन गरोस
न उनको सुन्दरता न उनको स्वच्छन्दता
बिना अर्थ शब्दकोशका पानाहरु शिथिल बनाउछु
बिना प्राप्ति शब्द समीकरण हरु परिवर्तन गर्छु
केवल एउटा श्रृजनाको लागि
केवल उनको बर्णनको लागि
अफसोच
न प्राप्ति न उपलब्धि !!!

Thursday, October 8, 2009

जीवन र दर्शन !!

जीवन एउटा दर्शन हो
जुन प्रतिपादन हुन्छ लागु हुँदैन
समाज
मात्र संरचना
अस्तित्व रित्तिएको अस्तिपञ्जर
बाद र पथ को डोरीमा अल्झिएको सुर्कने गाँठो
जति तन्कन्छ उति कसिन्छ ,उसको बिशेसता नै यस्तै
ऊषाकालिन किरण जस्तै प्रभावशाली छ आदर्श
जसको असर औंशीको निस्पट्टता लाई छिचोल्न खोज्छ
संधै शरदमा बसन्त खोज्छ जीवन
वसन्तमा पनि सुखी छैन ऊ बर्सात चाहन्छ
किन किन सार्है असन्तुस्ट देखिन्छ जीवन ?
त्यहि जीवन जीवन हरुको होलि खेलेर
आदर्श ,समाजमा परिवर्तन ल्याउछुँ भन्छ
अनि जीवन कुन्नि किन त्यहि आदर्शको पछी पछी
असन्तोष बोकेर छाँया जस्तै भौतारिन्छ
म्रिगतृष्णा छरपस्ट बगर भरि बलुवा मा खेलिरहन्छ
खै कस्तो जीवन अनि खै कस्तो आदर्श
उपमै उपमाको बाढी छ
प्रतिकै प्रतीकको पहाड छ
सपनै सपनाको भुमरी छ
आशै आशाको फूलवारी !!!