Custom Search

Sunday, May 30, 2010

तिमी ,फूल अनि जून !!!

न तिम्लाई फूलसंग दांजु
न तिम्लाई जूनसंग दांजु
फूल फुल्छ बोट काँडाले घेरी
जून लुक्छ गगन बादलु पारि
संगै छ्यौ तिमी लुकेर बस्छ्यौ
मुटुको कुनामा
छामेर हेर्छु धड्किदै भाग्छ्यौ
रगत झैं नसामा
न फुल्छ्यौ तिमी फूल झैँ फक्रि
हास्छ्यौ जूनझैं
बनेर बस्यौ अभिन्न तिमी
जीवन धून झैं
त्यो बोलि तिम्रो मधुर लाग्छ
जीवन रङ्ग झैँ
मुस्काउछ्यौ तिमी बसन्त जस्तै
हेर्छु दङ्ग भैं

Tuesday, May 25, 2010

माइली भाउजूको सिंधूर !!!


भर्खर निन्द्रा देवीको काखमा पल्टेको मात्र थिएँ
मिर्मिरे प्रकाशमा लत्पतिएको लाली लिएर
मेरो सर्बांग चुम्दै दौड्छे रोशनी
म लाजले भुतुक्क बनेको हुन्छु ,
ओइलाएको मेरो अनुहार कांपेका मेरा हातगोडा
सोकेश अगाडी लरबराई रहेका हुन्छन
(काँ काँ ............... )
(सुबोल सुबोल..................)
कागको नमिठो अट्टहास संगै फुत्केका मेरा बोलीहरू
बिर्खे दाई हलो काँधमा बोकेर झरीसकेछन
माइली भाउजू डल्लेठाँले डल्ला फोर्दै छिन
(आज मकै नछरी भएको छैन )
ऊनको योजना !
"ड्यांग ............... "
ऐनाको प्रतिबिम्ब लाई गिज्याउदै बसेकी -सुन्तली
झ्यालको पर्दा उघार्दै घुरिरहेको म !
"बा.............. बा !!"
"आमा...................... आमा "
बिर्खेको अबरुद्धता संगै सुन्तलीको हातको ऐना खस्छ
माइली भाउजूको सिन्धूर पुछियो रे .......................

Saturday, May 22, 2010

आज पिउने निर्णय गरें !!

धेरै दिन पछि आज पिउने निर्णय गरें !
एक्लै भए पनि आँफू जिउने निर्णय गरें
तिमीमा हराउदै बाँच्न खोजे तर पाएँ चोटै चोट
त्यहिँ चोट सहेरै आज जिउने निर्णय गरें
तिम्रो अधरका प्याला पिई रम्छु भन्ने गर्थें
बिष भेटें अधरमा तिम्रो नपिउने निर्णय गरें
मेटाउदै प्यास नसाले जिउने निर्णय गरें
सहज तिम्लाई बिर्सन भनी पिउने निर्णय गरें

Thursday, May 20, 2010

सहयात्री !

झुल्के घामको ऐना सरि चम्केऊ तिमी वरि परि !
वसन्तको बहार सरि झुल्येऊ तिमी संधै भरि !
सप्तरंगी इन्द्रेणीका रङ्ग दियेऊ मनै भरि !
लालिगुरांश फूलजस्तै फूल्येऊ तिमी बनै भरि !
मनै भरि तिमी तिमी बनै भरि पनि तिमी !
हाँसो खुसि जे बांडेनी तिम्रै साथ् संधै भरि !

Tuesday, May 18, 2010

हजूर !

मुटुको कुना कुनामा छाया हजुर को !
नसानसा रगतमा माया हजुरको !
चन्चले ति आखा चुलबुले त्यो बानि
कल्पनामै भएपनि मिठो साथ हजुरको!!

Sunday, May 16, 2010

तिम्लाई सजाई दिम्ला !!!

आँखा हेर्दा नजरमा तिमी नाच्न थाल्छेउ
आँखा चिम्ले अधरमा तिम्ले चुम्न थाल्छेउ
मनभरी केवल तिम्रो माया मात्र रह्यो
माछापुच्छ्रे भित्र तिम्रो छाँया मात्र रह्यो
एकान्तमा संधै संधै तिम्रो साथ खोज्छु
बादलको आकृतिले तिम्रो प्यास मेट्छु
चन्द्रमा झैँ मुहार लिई चाँदनी झैँ हास्छेउ
मनमा माया छ कि छैन बाहिर रिस साच्छ्यौ
नदि जस्तै मेरो माया तिम्लाई बहाई दिम्ला
छाडी गए छाती भित्र तिम्लाई सजाई दिम्ला !!!

Saturday, May 15, 2010

अहो भाग्य !!

माया दिनु अभिसाप रे पाउनु अहो भाग्य
दिल दिनु हुदैन रे चोर्नु अहो भाग्य
नदि जस्तै माया पनि तल तिरै बग्छ
मिल्नु थियो एक दिन मिल्यौ अहो भाग्य
हिजो सम्म संगै थियौ आज छुटी गयौ
छुट्नु थियो एक दिन छुट्यौ अहो भाग्य
सम्झना ले संधै भरि सताउने पो थ्यो कि ?
जली सक्यो आत्मा जति बिर्से अहो भाग्य !!!

Monday, May 10, 2010

प्रतीक्षा

एकान्तमा न्यास्रो मानी बिरानीमा भुलिरदा
तिम्रो छाया मुटु भित्र कुनाकानी डुलिरदा
आउन्न भन्छेउ सपनीमा छाती भित्रै लुकी लुकी
परेलीमा बसिदिन्छेउ निदरीलाई ढुकी ढुकी
ओठभरि मुस्कान छरी रोशनी झैं बलिदिन्छेउ
पूर्णिमाको जून सरि तारा विच सजिदिन्छेउ
तिम्लाई भेट्ने दिन खोज्न भित्ते पात्रो केरी राछु
सप्तरंगी माला उनी तिम्रै बाटो हेरी राछु