Custom Search

Saturday, January 2, 2010

आमा म कपूत पुत्र हूँ !

आमा म कपूत पुत्र हूँ
तिम्रो कोखमा लुटपुटी खेल्दै
तिम्रा फरियाको घुम्टो भित्र लुक्दै
मेरा बितेका बाल्यकाल अब म सम्झना गर्न चाहन्न
किनकि अब म ठुलो भएको छु
तिम्रो कोखको ममतामयी न्यानोमा लुक्ने म
आज तिमि भित्र बासना देख्दै छु
आमा म तिम्रो ममतालाई बलात्कार गरेर कपूत बन्न चाहन्छु
किनकि ?
जुन परिवेशमा तिमीले मलाई जन्माएउ
जुन धरातलमा तिमीले मलाई "ताते ताते " गर्दै हिड्न सिकाएउ ,
त्यो धरातल त कपूत हरुको कर्तुतले भरिएको रहेछ
कपूतहरुको -"बलिदानी "? रगत ले भरिएको रहेछ
तिमीले सिकाएको "लंगडाको देसमा गोडा उचाल्नु !"
भन्ने उक्ति चरितार्थ गर्न आमा म पनि कपूत बन्दैछु
तिम्रो अस्मिता र पवित्रता लाईखुलेआम सडकमा पसल थापेर बेच्ने प्रयास गर्दै छु
बहादुर बुबाको आज्ञाकारी छोरा बनेर
आमा म कपूत बन्दैछु
न मलाई तिम्रो सिन्दूरको मतलब छ
न मलाई मेरो बाबा को पौरख को सम्झना छ
मलाई त एउटा मात्र "स्यालको हुइयाँ" थाहा छ
त्यहिँ हुइयाँ संगै म तिम्रो पवित्रता अनि अस्मिता को व्यापार गर्दै छु
( फेसबुक )