Custom Search

Wednesday, September 11, 2013

.........साथी ऐनामा हेर !!!


मैले लगाएका जुत्ता लगाएर
मैले हिंडेको बाटो हिंडेर हेर !

मेरा पैतालाका खिल सहेर
मैले गरेको यात्रा गरेर हेर !!

बांच्नु मात्र नियती हो भने
मैले बांचेको जीवन बांचेर हेर !

सहनु जीवनको सीमा हो भने
मैले सहेका वचन सहेर हेर !

स्यालकै हुइयाँ गाउनु छ भने
साथी  साथी ऐनामा गएर हेर !!!