Custom Search

Tuesday, November 8, 2016

''परी बनी ''

गजल -''परी बनी ''




फूल जस्तै भनूं भने कुन फूल खोजूं तिमी अट्ने ?
जून संग दांजू भने कहां  जून खोजूँ  तिमी सज्ने ?
ओठ हेरे ओठै राम्रो आँखा आँखा  झनै झनै राम्रो 
कुन उपमा खोंजू भन तिम्रा लागि सहि बन्ने ?
हेरी रहूँ जस्तो तिम्लाई छैन कुनै नशा पनि 
कहाँ बाट आयौ तिमी यो धर्तीमा परी बनी ?