यो मेरो अर्को ब्लगको लागि प्राप्त कविता हो ।
-------------------------------
सदा मेरो पर्खाइमा बस्नु पर्ने छैन
मेरो निम्ती भोगाइमा रम्नु पर्ने छैन
कतै किन एक्लो मनले रोज्नु पर्ने हैन
टाढा भए आफन्तहरु मेरो भन्नु छैन !
संसारमा एक्लै आएँ जान्छु पनि एक्लै
मेरो भोगाइ संसारलाई हुनु पर्ने बेग्लै
टुक्रिसके मन पनि नखोज है सग्लै
भेट्न पनि गाह्रो भयो ठाउँ पर्यो अग्लै !
किन यस्तो निष्ठुरी हो समय मेरो पनि
लाग्न पाए जाती हुन्थ्यो कसैलाई नभनी
कति टिक्ने हुँला र म बसेकोछु दिन गनी
अचानकै आए मेरो लागि मृत्युसूचक बनी !
रचना: "बागी"