Sunday, June 21, 2009

हेप्पी डेथ डे टू यू !

हेप्पी डेथ डे टू यू !

असार सोह्रगते मेरो जन्म दिन रे
पोहोर पनि आएथ्यो दिन गन्दा गन्दै
अहिले पनि आयो बर्षै कुरेपछि
असार सत्र गते मेरो हजूरवुवा बित्नुभएको
आजभोली सबैमा एकै कुराको चर्चा पाउंछु
हजुरवुवाको श्राद्ध गर्ने तिथिको वारेमा
संयोग पनि कस्तो कस्तो तिथि हेरफेर भएछ
यसपाली त हजुरवुवाको श्राद्ध पनि असार सोह्र नै परेछ
घरभरी पाहुना छन,परिकारहरु पाक्दैछन पंडीत फलाक्तै छन
यस्तैमा कसैले "हेप्पी बर्थ डे टू यू"
भन्देला भन्ने सोचाइमा मन दगुरिरहेको हुन्छ
त्यतिनै वेला हजुरवुवाको त्यो चाउरि परेको मुहार सम्झन्छु
र मनमनै भन्छु "हेप्पी डेथ डे टू यू ग्र्यान्ड्फादर" !

तैपनि आज निंद्रा परेन

तैपनि आज निन्द्रा परेन !

सायद प्रतिक्षा थियो कसैको
कोहि भेट्ने चाहना थियो मनको
निस्पट्ट छ रात सुनसान छ परिवेश
तैपनि आज निन्द्रा परेन

सायद सम्झना थियो बिगतको
कल्पना थियो भविष्यको
लाटोकोशेराहरू प्रहर परिवर्तनको संकेत गर्दै छन्
तैपनि आज निन्द्रा परेन

सम्झन्छु देश रोएको छ
रत्नपार्क र शिंहदरबार त्यसैको खिल्ली उडाउंदैछ
बिस्तारामा पल्टेकै घन्टौ भयो आँखा पट्ट्याइरहेछ
तैपनि आज निन्द्रा परेन

प्रयास नगरेको पनि होइन
चितवनको भण्डारामा जलेको आशा ब्युझाउने
त्यहि आशा मडारिएको होला मनमा
घडीको एकोहोरो टिक टिक आवाज नि:शव्द बन्दैछ
तैपनि आज निन्द्रा परेन

न्यानो काख,चोखो स्पन्दन जहाँ मेरो भाव अटाओस
मिठो आत्मियता,विश्वासको सामिप्यता जहाँ मेरो चाह मडराओस
बिरानो संसार व्यर्थ कल्पना ........................
रोशनीले क्षितिज नियाल्ने बेला भैसक्यो,
थकित शरिर पल्टेकै छ बिस्तारमा
तैपनि आज निन्द्रा परेन

Monday, June 15, 2009

भालुको रिस खनायो माथि !!!

"भालुको रिस खनायो माथि "





दिमागमा भावनाका तरंगहरु सल्बलाई रहेका हुन्छन् /उर्लिएको आवेशलाई कुनै एक सानो रचानाद्वारा बन्द गरी भावनालाई थन्क्याउन मन लाग्छ/ विषय वस्तुको छनौटले मन आत्तिन्छ / म सोच्छु कथा लेख्छु ,के विषयमा लेख्ने ? सामाजिक ,राजनैतिक वा काल्पनिक ?अझ भनौं आजकलको प्रचलन अनुरुपनै युवा युवती विच प्रेम,मिलन,या बिछोड साथमा कही रोचक मसलाको प्रयोगले सिंगारूं ? हैन म सामाजिक अन्धविश्वाशी कुरीती विरुद्ध केही हद सम्म औल्याँउछु हैन हैन मैले आधुनिक सभ्य भनाउदो समाजको विकृति औल्याँउछु / म यिनै कुराहरुमा हराइहेको हुन्छु /


फेरी म उपन्यास मार्फ़त समग्र मानव जिवनकै कथा लेख्ने निर्णय गर्छु / आखिर उपन्यासको लागी पानी त कथा चाहियो............बरु छोटा छोटा कविता लेख्छु /फेरी प्रश्न श्रृंखला कस्ता कविता ...........के कविता सवै मेरा पाठकले बुझ्छन ?के म कविता मा समग्र समाजको चित्रण गर्न सक्छु ?यस्तैमा सारा आकंक्षा क्षितिज पारी पुगेर हराउंछ्न /अनि अनायासै निर्णय गर्छु कथा लेख्ने /
कथा त लेख्ने तर कुन परिवेस र सन्दर्भ समात्ने ?यस्तैमा विषय को छनोट गर्छु /मन मनै एक कथाको पूर्णता दिन्छु र लेख्न तम्सन्छु / ठीक त्यही वेला मलाई उसको याद आउंछ ,धत कथाको नायक त ऊ स्वयं बनेछ अनि नायिका म आंफु /अचानक अतितको त्यो दिनले झस्कायो ,जून दिन ऊ र म पहिलो पटक भेट भएका थियौं /धेरै बेर सम्म मौनतालाई अंगालोमा बाँधी एक अनौठो तरंगले प्रेम र जीवनको सामूहिक परिभाषा बनाएका थियौं /
तर आज म एकान्तता भित्र मौनताले गिज्याउदै गरेको खिस्सी सहेर बसेकी छू / अनि ऊ के गर्दै छ मलाई थाहा छैन ,सबै वेइज्जती र अपमान सहेर दुराचारी र चरित्रहीन का उपमा हरु मेरा जीवनका उपहार हरु छन ,उसले दिएका / मेरो आफ्नै जीवन कथा कथाको रुपमा पस्किएर मनको पीडालाई खुला किताव बनाउन मेरो आंट आएन / अनि पवित्र सागर जस्तै खुला बनाएर मेरो आत्मा छ्ताछुल्ल पोख्न सकिन / गर्वमा बसिसकेको वच्चालाई सांसारिक जन्जालमा बाँधने घ्रृस्टता गर्न सकिन /गर्वधारण गर्न सक्ने आमा भएर पनि मैले बच्चा जन्माउन सकिन /
आफ्नो जीवनको कथासंग सम्बद्ध भएभन्दै गर्वमै मुस्काउन लागेका शिशुहरू तुहाएं / न अनैतिक सम्बन्ध थियो न बेखुसिको गर्व ?स्वेच्छाले वरण गरेको भ्रूण जव जिन्दगीको शुरुवात गर्न खोज्छ अनि म सम्झन्छु पुरानो छायाँ -उही वलत्कारिको / अनि मेरो कोखवाट जन्मने संपूर्ण वच्चा त्यही वलत्कारिको वच्चा जस्तो लाग्छ /मेरो इच्छा विरुद्ध मलाई गर्ववती बनाइए जस्तो लाग्छ ,त्यो शिशु जस्मा मेरो स्पंदन छ ,धुकधुकी छ ,जसको नसा नसामा मेरो रगत वहेको हुन्छ ,जसको एक मुस्कानमा म सारा संसार भूलना सक्छु र पनि म उसको ह्त्या गर्छु /संधै तर्सन्छु उही हिम्स्रक रूपदेखी अनि सबै मेरा गर्वाशयमा प्रस्फुटित भ्रूण को अन्त्य गर्छु ,न कथा लेख्छु ,न कविता,न उपन्यास नै .........................यी सबै मेरा वलात्क्रित जिन्दगीका संतान हुन अवैध र अनैतिक चरित्रका ((उसको परिभाषामा)) प्राप्ति हुन त्यसैले मैले यिनको रक्षार्थ कुनै कदम चाल्नु हुंदैन वरू वलात्क्रित जिन्दगीको नमूना मेरो गर्वाशयमा बसेको उसको अबैध वीर्य मिल्काउनु छ ,जीवंत समाजको जीवंत प्राणी बनेर जीवन र जगत सापेक्ष वाच्चाहरू जन्माउनु छ / त्यही सोंचको विकास संगै अनि लेख्नुछ कथा ,कविता,उपन्यास ......................................जीवन र जगतको उतर्नु छ चित्रण /

म रोइरहेछु !!!


दुनियाँ सारा खुसीले हाँस्दा म रोइरहेछु
हाँस्छुनै भन्छु म पनि आज मुख खोलिरहेछु

ओंठमा मुस्कान च्यापिनैरदा के सोंचिरहेछु
पिडाले होला खै कुन्नी किन म रोइरहेछु

के सोंचे मैले कल्पना गर्दा तिमीलाई सम्झेछु
के भयो कुन्नी तिमीलाई संझी म रोइरहेछु

छाडेर जाऊ तिमीलाई मैले छातिमा सजाएँ
प्रेमको नाममा कोपिला सानो यसरी फूलाएं

सबैनै जस्तो मानिस एउटा म पनि रहेछु
पग्लेछ क्यारे भावना मेरो म रोइरहेछु !!!