Wednesday, December 16, 2009

शहीद फर्केर आऊ !

न सक्छु भन्न तिमीलाई पिडा छाती यो चिरेर
न सक्छु ज्यून बितेका दिन अतित बिर्सेर
राष्ट्रका खांतिर मर्नु नै थियो -मारेर गयौ रे
अमर भन्ने उपाधि भिरी-शहिद भयौ रे
ब्युझ्याउछु भन्थ्यौ यो देश सारा-अध्यारो हटाई
जगाउछु भन्थ्यौ सुतेका सारा मादल ठटाई
सुकेर गए छहरा छाँगा सुस्केरा छर्दैनन
रहेनन् अब डाँफे र मुनाल बेसीमा झर्दैनन
तृष्णा ले सक्यो मोहले तान्यो सर्बत्र जनलाई
कुद्रीष्टि पर्यो बैरीको यहाँ पवित्र मनलाई
भूइंचालो आयो देशमा आज ढल्दैछ हिमाल
नेपाल भित्रै पराई जस्तो बन्दैछ नेपाल
गैंची र बेल्चा हातमा छैनन् बन्दुक चल्दैछ
बमका छिर्का गर्वमा धसी नेपाल गल्दैछ
बनेर तिमि आँखाको नानी धर्तीमा आउन
पर्खन्छु संधै मन मेरो बिछाई फर्केर आउन
पुकार सुनी फर्केर आऊ नेपाली ब्युझ्याउन
हातमा हात मिलाई हिडौ यो देश उठाउन
बिन्ति यो सुनी शहिद तिमी फर्केर आउन
धर्तिको स्वर्ग नेपाल आमा भनेर गाउन