Custom Search

Tuesday, February 24, 2009

त्यसैको प्रतिविम्व

म त्यसैको प्रतिविम्व साथी


आधुनिककालीन परिवेशको नमूना साथी


सुडौल पिडुँला त के छोप्नु ,


मीनिस्कर्टले पनि अल्झाउछ मलाई


सायद आधुनिक भएरै होला साथी


तृष्णा र तीर्खाले बल्झाउछ मलाई


महल र मोजमस्ती नै माया भन्ने गर्छु


सानै उमेरदेखि यौबनको प्यास मेट्ने गर्छु


म त्यसैको प्रतिविम्व साथी


आधुनिककालीन परिवेशको नमूना साथी!!