Custom Search

Saturday, July 25, 2009

ग़ज़ल

ग़ज़ल


कर्के आँखा धेरै भयो टेडिएरै जाला फेरी
मन भित्र-माया! संगै जेलिएरै जाला फेरी
राम्री भन्दा मात लाग्ला नराम्री 'भो! बात लाग्छ
चामलको बिंयाँ बनी केलिएरै जाला फेरी
दोधारमा धेरै बाँचे मनको गाँठो कसी कसी
लुकिरहूँ भनेपनि छेलिएरै जाला फेरी
आँचलले छेक बरू अधरको कान्ति सवै
भत्किजाला दुनियाँको पिरतीको शान्ति सवै !

Friday, July 24, 2009

ग़ज़ल

रिसाएरै हेरेपनि बारबार हेर्यौ तिम्ले
नाचाहेरै भएपनि प्रेमडोरी बाट्यौ तिम्ले
भन्नलाई त भन्थ्यौ अरे नजाती र छुच्चो भनी
उपहासै गरेपनि मन्को धोको फ़ेर्यौ तिम्ले
घारे हात लगाई लगाई मरोस भनी भन्थ्यौ पनि
नाचाहेरै मुटुभित्र सुन्दर अक्षर कोर्यौ तिम्ले ।

Friday, July 10, 2009

ग़ज़ल

खोजी हिडें संधै भरी फूलको तरेलिमा

भेंटे आज तिम्लाई मैले आफ्नै परेलिमा

प्रभातको रोशनी झै कान्तिमय तिमी

पूर्णिमाको जून जस्तै पूर्ण रूप तिमी

डर लाग्छ कही कोही चोरी लाने होकी ?

आंफ़ै बाट आफ्नै छांया भागी जाने होकी ?

माछापुच्छ्रे

















कति चंचल छ्यौ माछापुच्छ्रे तिमी
वैंश भारिएकी युवती जस्तै
कति सुन्दर छ्यौ माछापुछ्रे तिमी
फक्रिएको गुलाव जस्तै
त्यसैले होला तिमी
कहिले घुम्टो ओढेर नियाल्ने गर्छ्यौ
कहिले लाजै लाग्ने गरेर नितम्व भई जिस्क्याउछ्यौ
तैपनि विशाल छ तिम्रो हृदय
मात्रृवात्सल्यले भरिपूर्ण
कंचन छ तिम्रो माया
विश्वास र स्नेहले परिपूर्ण
त्यसैले त मछापुच्छ्रे तिमीलाई
कहिले पुर्णिमाको जून संग दाँज्न मन लाग्छ
त कहिले फांटहरुमा फुलेका सुनौला फूलहरू संग .

Thursday, July 9, 2009

हिजो र आज !

मलाई थाहा छ
मैले हिजो प्रतियोगितामा पुरस्कार पाएंथे,
काँधै काँधमा बसी
हुर्रे हुर्रे भन्दै लगाएका जिन्दाबादका नारा सुनेको थिएँ
साँझ भोज भतेर चल्यो ,
भावनाका पत्ताहरू केलाउन पाएं ,
आज हिजोका तिनै मानिस छन
त्यही बाटो छ ,तर आज बाटो सुनसान छ
हिजो यही बाटो घरतर्फ बढ्दै जांदा उत्साह पाएंथे
तर आज म मौन छू
हिजोका सवै अनुहारहरूमा मुस्कान पाएंथे ,
आज सवैका अनुहार आँशुले पखालिएका छन ,
हिजो लगाइएका माला र अभीर
आज मै माथी थुपारिएका छन ,
हिजो चिरंजीवी भएस भन्थे
आज स्वर्ग गएस भन्छन,
हिजोकै जसरी परिवारहरू पिंढिमा छन
हिजो स्वागत गर्दै थिए
आज विदाई
हिजो प्रियाले ओढेको घुम्टो
आज मै माथि ओढाइएको छ ,
सायद घारो माथी रहेछु ,
भावनामा बग्दै थिएँ ,
चिता माथि चढाईएँ
प्रियालाई बोलाउंछु भन्दै थिएँ
आगो लगाई जलाइएँ.

Sunday, July 5, 2009

मान्छे !!!

मान्छे !





दाउराको बण्डल ,माटाको मड्केलो
प्रदुषित गगन ,ढलनलले सिंचित करेसावारी
आंधी बेहरीको संगम
वरफ र पानीको सम्मिलन
अनि निर्गन्धा पलासको प्रतिनिधि
लेऊ लागेको उकाली ,
खडेरिमा निर्मित वालुवाको मूर्ति
मुर्दा घोचीरहेको घारो ,
कात्रोले लुकाईएको जीवन्तता
खेती योग्य उर्वर भूमि
अनि हुरिको अपेक्षामा दिशा कुरिरहेको पतझड़
बिश्रृंखलित मोडमा विचलित बादल
प्रत्येक कुटाई पश्चात् सांगीतिक धून दिने मादल
अनि शिशिरमा नाङ्गिएको अस्तित्व
प्रत्येक नजरमै लुटिएका अस्मिताहरू
हावा रुपी आत्मा बोक्ने आशाहरु
अनि पिंजडामा जकडिएका रहरहरु
प्रत्येक मानवका तीता कथाहरू !!!