Custom Search

Wednesday, December 14, 2016

संझिएर तिमीलाई !!

संझिएर तिमीलाई !!


 रोएं धेरै जीन्दगीमा संझिएर तिमीलाई
 आंशु धेरै  बगाइरहें  संझिएर तिमीलाई !

 तिमी तिम्रै सपनामा फकृएर फुलेकी छ्यौ
 ब्यर्थै रोएं जीन्दगीमा संझिएर तिमीलाई !

मिर्मिरेको  घाम सरी पोख्यौ रंग यत्र तत्र
लत्पतिदै त्यै रंगमा  संझिएर तिमीलाई !
                 
फूल जस्तै सोची तिम्लाई सुवास खोजीरहे
अधेरी को जुनकिरी संझिएर तिमीलाई !!

Tuesday, December 13, 2016

कविता

                      मेरै मान्छे बन्नु तिमी !!!






तिमी मेरो खुशी प्रीय तिमी मेरो सुख ,

जीवनमा कहिले पनि नआओस है दुख ।


तिमी हास्छेउ धर्ति फुल्छ स्वर्ग जस्तै यहाँ,   

पूर्णिमानि औंशी लाग्छ रोयौ भने जहाँ ।


परेलीमा छुप्नु तिमी मुटुभित्रै लुक्नु तिमी ,

मनका पिडा बिर्सिएर संधै भरि हाँस्नु तिमी ।


बिपनीमा साथ दिनु सपनीमा छाउनु संधै , 

यसै गरी माया गर्ने मेरै मान्छे बन्नु संधै ।

कविता

         प्रतिक्षा !!!

 म  मौन छु 
 यसको मतलव यो होईन कि
 म चुपचाप अन्याय सहिरहेको छु ।
पर्दामा बहुला(हरू)को दिवा स्वप्नासंगै 
बहु- चारित्रीक बिशेसताका 
नौटंकीको नाटक हरू चलिरहेको छन्।
 म र मेरो समय  
रंगमंचमा बलजफ्ती हुत्याइएका छौं।
पात्र सबै उनै छन्
दृष्य परिवर्तन हुन्छन  
तर पनि एकै झैं लाग्छन 
कुकुर-कुकुर्नी को भुकाई  
स्याल-ब्वासाको छक्का -पन्जा
मुसा-बिरालाको लुकीछिपी 
चोरी बेइमानीको खेल । 
सायद ,
पर्दा अड्याउन राखेको डोरी खुस्केछ कि ?
अथवा 
 मुसो कुना छिरेर पर्दा छिद्र पार्दै छ ।
 पर्दा घरि घरि बन्द हुन खोज्छ।
 म नाटक समाप्तीको प्रतिक्षामा छु ।