अव्यक्त आकांक्षा
दिनभरिको ड्युटी पश्चात म मेरो पसलमा बसिरहेकी हुन्छु ,थकित मानसिकता लाई बिर्साउदै । हुनत संधै यस्तै हो ,दिनभर ड्युटी अनि बेलुका पसल ।
पत्रिका पसल भएर होला ग्राहक को घुइंचो नै लागिरहन्छ ।मेरो मानसपटल मा ग्राहकका अनुहारहरू क्रमश : स्थापित र बिस्थापित जान्छन ।पसलमा एक्लै कल्पनाको संसारमा दिवा घटनाहरू मडारिन्छन । मेरो मानसपटलमा स्थापित भैसकेको एउटा अनुहार मेरो दृष्टिमा पर्छ ,क्रमश समिपमै खडा । ऊ मेरो पसलको नियमित ग्राहक ,मेरो मनको भोक ,आँखाको तृष्णा साथै कल्पनाको सहयात्री पनि । टिनिन्न टेलिफोनको घन्टी बज्छ ,"हेल्लो " म मेरो आत्माको परमात्मा भेटे झैं हुन्छु , काँपिरहेका ओंठबाट हजार शब्द एकैपटक निस्किए जस्तो लाग्छ । म तिनै शब्दका पदचाप खोज्दै जल तरङ्गमाथि तैरिरहेकी हुन्छु।
म आफ्नो स्ट्यान्डर्ड उसंग तुलना गर्न पुग्छु ,कलेटी परेका ओठमा केस्रा केस्रा केलाउन थाल्छु ।बाकसमा थनक्याइएका कागजका खोस्टा धमिराले खादै गरेको देख्छु ,उ संगका कम्प्यारिजनमा म कम्जोर हुन्छु ,आफ्नो गतिशिलितामा अनि प्रक्रियामा उसलाई आँफू संगै हुत्याऊन मन लाग्छ । साच्चिनै उसको भोक जागेछ ।
मेरो मनमा उसका बारेमा जान्ने / बुझ्ने चासो लिने प्रयास नगरेको पनि होइन ,उपयुक्त समय र परिस्थितिको पर्खाइमा थिएं । उसको चाल -चलन र अचारणले म उसलाई गाउले परिवेशको उपज भनेर निर्धक्क भन्न सक्थे ।उसको र मेरो बिचमा मन मनै अनौपचारिक हामी भएको दिन गणना गर्ने हो भने आज महिनौ बितिसकेछ तर औपचारिकता भने उ पसलको ग्राहक म पसलकी साहुनी । म मेरो वातावरण संग गर्व गर्छु , तर आत्मियता उसकै प्यारो लाग्छ सामिप्यता उसकै न्यानो लाग्छ ।म अनविज्ञ छु । हरेक दिन ड्युटी सक्छु अनि हतार हतार पसलमा उसकै प्रतिक्षामा । उसको अनुपस्थिति मा स्वप्निल साथ छ मेरो लागि अनि उपस्थितिमा काल्पनिक ,म चालचल बनिसकेकी छु । सोच्छु उसले हरेक दिन पढ्ने पत्रिका जस्तै मेरो अनुहार पनि पढोस ,हरेक दिन रस्वादन गर्ने साहित्य जस्तै मेरो आत्मियता पिओस ।
म उसलाइ प्रेम गर्न थालिसकेकी छु । उसको भावना नै बिशाल समुन्द्र जस्तो लाग्छ अनि त्यहि समुन्द्र मा समाहित हुन सरित प्रबाह अंगाल्न पुग्छु । मन भित्र कता कता डर त्रास र छटपटीले सताउन थाल्छ कतै…………?होइन होइन………त्यस्तो होइन र छैन होला। मनभित्रको मायाको आगो र छटपटी उसको पोल्टामा थनक्याउन मन लाग्छ अनि उसको शितल छायामा बसी निभाउन मन लाग्छ। मेरो दैनिक जीवन चर्या निकै कठिन महसुस गर्छु ,दिनहरु पर्खाल बनेर लहरै उभिदिन्छन ,रातहरु पहाड बनेर लमतन्न सुतिरहन्छन। ति सबै भन्दा माथि म उसलाई कन्चन र बिशाल हृदय फिंजाएर पर्खिरहेको हिमाल महसुस गर्छु अनि बेगसंग बादल बनेर उड्छु। अग्ला अग्ला र दाह्रा किटेर बसेका पहाडहरु मेरो अन्तिम बिन्दु बनिदिन्छन। म फेरि सागरकै निम्ति दौडन बाध्य हुन्छु मन र दृस्टी मात्रै हिमाल सम्म पुर्याएर। म चिच्याउछु ,कराउछु अनि अकस्मात ब्युझंछु त्यो कहाली लाग्दो दृश्य त सपना पो रहेछ ।
अनायास गम्भीर चेहरामा पिडा देख्छु ,मेरो मुटुको चाप बढिरहेछ ,सम्हालिन्छु " हेर्नुस न आजको पत्रिका "मलाई उसंग बोल्न मन लाग्छ । उसको पीडालाई बिभाजन गरेर पिउन मन लाग्छ ,उसलाई पिडा हुने बिष पिएर म उसलाई शान्त पार्न चाहन्छु ,बरु म मर्न तैयार छु ।" छि कस्तो नचाहिने कुरा खेलेको मनमा पनि " म सम्हालिन खोज्छु ।उ मेरो पसल मा भएको पे-फोन मा नम्बर डायल गर्दै छ । "हेल्लो ! ए काका !" गाम्भियार्ताले उसलाई चुर्लुम्म डुबाएको छ । " भाइ दुर्घटनामा परेर अस्पतालमा छ तपाई………" शब्द शृंखला टुट्यो ।
म उसलाइ एकै शब्दमा सम्पूर्ण इति वृत्त पस्कन सकिने प्रश्नको बाढी गराउछु। आँखामा टल्पलाएका आशुका थोपाले पिडा र व्यथा ओकलिरहन्थे। " भाइ ……। "एक शब्द पछि अर्को शब्द ओंठ बाट फुत्केन।
भोलिपल्ट म ड्युटी मा गएँ। पेसाले सेवानै धर्म हो भन्ने उक्ति ब्यक्त गर्न आग्रह गरिरहेको हुन्थ्यो। मेरो वार्ड बिरामीहरुका बारेमा मेरा साथीहरु मार्फत बुझ्दै गएँ। भर्खर अप्रेशन भएर बेहोसिमै लडिरहेको एक बिरामी देख्ने बित्तिकै पसलमा आउने ग्राहकहरुको याद आयो, अनि उसको फोन अनुहार इत्यादि। उस्तै फुस्रो अनुहार अनि पन्हेलो बनेको। मेरो मनको साथी कल्पनाको सहयात्रीको भाइ पक्का पनि उही हुनुपर्छ भन्ने अनुमान गरे अनि आफनो दाइत्व र कर्त्यब्यलाई औल्याई अस्पतालकै ओढ्ने ल्याई ओढाई दिए । हरेक क्षण उ मेरो बिशेष निगरानीमा रहन थाल्यो । केहि समय पश्चातनै मरो कल्पनाको सहयात्री हतार हतार भित्र पस्यो ,सरासर उसको भाइ भएको ठाउमा पुग्यो अनि बिरामी को अवस्था ले बिब्हल बन्यो।
उ मलाई देख्ने बित्तिकै भक्कानिन्छ ,मानौ उसको लागि म नै एक आधार हुँ ,म नै एक भरोसा हुँ। आखिर खोजेको मैले अर्थात् मेरो मनले पनि त त्यहि हो नि हुनत। म मन मनै फेरि सपनामै हराउछु। " तपाई नर्स हो , ल सिस्टर उ मेरो भाइ मेरो मुटुको टुक्रा…………………" उ आफ्नो भै प्रति को माया र भावना खन्याउछ। म उसलाई दुर्घटना हुनको सम्पूर्ण कारण सोध्छु ,थाहा लाग्छ सहर दाइलाई भेट्न आउने क्रममा बसको ठक्कर ले त्यस्तो भएको रहेछ ।
पेसाको औपचारिकताले म उसलाई सान्त्वना दिन्छु , हरदम सहयोग गर्ने प्रतिबध्दता देखाउछु र साथी हरुलाई उ मेरो आफ्नो मान्छे भएको कुरा ब्यक्त गर्दै बिशेष ख्याल गर्न भन्छु । डाक्टरलाई उसको राम्रो रेख देख गरिदिन आग्रह र अनुरोध गर्छु ।
समय चलिरहेको छ , प्रक्रिया घुमिरहेको छ ,रुपेश अर्थात् उसको दुर्घटित भाइ अब राम्रो हुदै थियो । मेरो मनभित्रको पिडा ले मलाई झन् झन् पोलिरहेको थियो ,उ प्रतिको मायाले मन जलिरहेको छ । मायाका का तरङ्ग हरु भावना रुपी छाल संगै प्रवाहित भैरहेका छन् अव्यक्त आकांक्षाहरु सलबलाइरहेका छन्। ड्युटी मा मिल्ने फुर्सदको समय उनीहरु संगै बिताउथे कुराकानी मात्र पेसाकै औपचारिकता मा सिमित हुन्थे। उर्लिएका मनका रहरहरू कसरि खोलुं ,? अन्योलमा नै हुन्थे। मायाको बदला सधै आदर र सम्मान पाउथें। लाग्छ यहि आदर र सम्मान जस्तै माया पाउन पाए। म उसलाई हर तरह आफनै सम्झन थाल्छु। " म तिम्रै बन्न चाहन्छु दिपेश सम्हाल " भन्न चाहन्छु। उसको भाइलाई "रुपेश म केवल नर्स होइन तिम्रो आफ्नै परिवार हुँ स्वीकार है " भन्न चाहन्थे।
अफसोच म संधै असफल। रुपेश लाइ भोलि डिस्चार्ज गर्नु छ।
आफ्नो कक्षमा बसेर रुपेशकै फाइल अध्ययन गरिरहेकी छु ,उसको स्वास्थ ठिक भैसकेको छ , उ बेडमा शान्त संग बसिरहेको छ ,दिपेश आडैमा उदास तर उत्साहित मनस्थिति मा छ ,म झ्यालबाट उनीहरु लाइ नै नियाली रहेकी छु। अकस्मात दिपेश म भएको झ्याल तर्फ हेर्छ लाग्यो नजर हरु मिले , अनि आफ्नै पाराले अनुहार भरि मुस्कान फैलियो सायद यस्तै मिठो………………………।
''नर्स दिदी ! मेरो बाबु रुपेश दुर्घटनामा पर्नुभएको यहि अस्पताल मा हुनुहुन्छ कहाँ होला ? यसो हेरिदिनुस न "।रुपेशको नाम लिंदै गरेको नारी आवाज तर्फ हेर्छु ,निकै आत्तिएको मुद्रामा एक सुन्दर युवती मेरो अगाडी उभिएकी थिइन्। म मौन रहे। मनमा एकै चोटी लाखौ तरंगहरु तरंगित हुन्छन। "प्रतिमा !"दिपेशको आवाज ले उनलाई हुत्याउदै रुपेशको बेड मा पुर्यायो। प्रतिमा आखिर को होलिन ? आहा कस्ती नारी सौन्दर्य कि प्रति मुर्ति बिना शृंगार कस्तो खुलेको त्यो रुप ? नाम र रुप कति मिलेको ? सोच्दा सोच्दै रुपेश बेड बाट झरेको झैँ लाग्छ ,उसलाइ त्यति हिडडुल नगर्ने आग्रह गर्ने बहानामा उसको समिप हुत्तिन्छु। " प्रतिमा ! उहा यहाको नर्स हाम्रो भाइ लाइ कति मायाले उपचार गरिदिनु भयो उहाँ नभएको भए सार्है अप्ठ्यारो पर्थ्यो हामी लाइ ,धेरै सहयोगी हुनुहुन्छ। " मेरो परिचय अनि प्रशंसा सुनेको कारण होला मुस्काउन मन लाग्छ। छाती भित्र बेदनाको ज्वारभाटा चल्न खोज्छ कता कता प्रतिमा को उपस्थिति ले त होइन ? मन आत्तिन्छ।
" ए साँच्ची नर्स दिदी ! उनी मेरी श्रीमती प्रतिमा। दिपेश ले प्रतिमा तिर संकेत गर्छ ,प्रतिमा नमस्कार गर्छिन मेरा हातहरु सिथिल बनिसकेका छन् बिना सोंच ,बिना पर्बाह उठे अनि झरे। मैले अब त्यहाँ बस्नु को कुनै औचित्य देखिन , मैले अर्पेको मेरो मनको बिश्राम मिलेन ,मेरो चौतारी रहेन -रहेन अब देउराली……………।
यतिवेला म उनीहरु संगै भएर पनि नभएकी जस्ती भएकी छु ,तीन जनाको मायाको त्रिबेणी मेरो इर्ष्याको केन्द्र बन्छ। कति प्रगाड छ दाजु भाइको माया ,श्रीमान श्रीमतीको माया ,अनि देवर भाउजु को माया। केहि नबोलेर नै सबै कुरा अभिव्यक्ति भैरहेको छ। सोच्दा सोच्दै म त्यहाँ बाट अलप भैसक्छु आफ्नो कक्ष अनि ड्युटी नसकिदै घर पुग्छु। कस्तो बिडम्बना मेरो भाग्यको …………….।
भोलिपल्ट ड्युटी जान मन लाग्दैन ,तर फेरि कर्तब्य र दायित्व ले आफै डोहोर्याउछ। आफ्नो कक्ष मा पुग्ने बित्तिकै देख्छु दिपेश हरु आफ्ना समान हरु सहित बेडमा बसिरहेका हुन्छन। म अनुमान लगाउछु उनीहरु डिस्चार्ज को तयारी मा छन्। " दिदी हामीलाई डिस्चार्ज को कागज दियो मात्र तपाइको प्रतिक्षामा छौं , हामी जस्तो गाउँले लाई यति धेरै सहयोग गर्नु भयो हामी लाइ ऋणी बनाउनु भयो ,दिदी तपाइलाई धेरै धेरै धन्यबाद। "
रुपेश मनभित्र बाट केहि खुसि हरु फ्याक्दै थियो। दिपेश र प्रतिमा मै तर्फ आउदै थिए। तीनै जना समुहिक नमस्कार गर्छन म मौन हात हल्लाई दिन्छु नमिठो हाँसो ओठ भरि छरेर। तीन जना बिस्तारै गन्तब्य तर्फ प्रस्थान गर्छन। उनीहरु एकै साथ म तिर फर्कन्छन -बिदाइको हात हल्लाउछन। म उस्तै जडवत उभिइ रहन्छु ,हात शालिक को झैँ ठडिन्छ अनि अनायासै झर्छ। मानौ मेरा अंग प्रत्यंग हरु नै म संग छैनन्। उनीहरु अस्पतालको गेट बाट ट्याक्सी चड्छन म औफुलाई उनीहरु संगै पाउछु। रुपेश ट्याक्सीको झ्यालबाट टाउको बाहिर निकल्छ र बिदाइको हात हल्लाउछ पुन: एकपटक। म मन मनै भन्छु ' रुपेश तिमि चाडैं सबल र सक्षम बन तिम्रो दाजु को आधार बन ( मेरो आफ्नो मान्छेको मुटुको टुक्रा ) । क्षण भर मै उनीहरू अलप हुन्छन म जडवत ढोकामै उभिरहन्छु उभिरहन्छु ।