Custom Search

Monday, April 27, 2009

तिमी आऊ






















तिमी आऊ जसरी पनि आऊ

मेरो मनको मझेरीमा मंजरी पद्मिनी बनेर आऊ

अलिकति मात्रै भएपनि रङ्ग बनेर आऊ

एक मुठ्ठी मात्रै भए पनि ममताको निस्वास लिएर आऊ

एक अंजुली मात्रै भए पनि वात्सल्य लिएर आऊ

जीवनको यात्रामा देउरालीको पर्खाईमा

क्षितिज नियाल्दै टोलाएका यी नयनमा तिमी

अलिकति मात्रै भए पनि आशा बनेर आऊ

एकै पल मात्र जिउँला बरु सँगै

जीवनको भरोसा बनेर आऊ /

Tuesday, April 14, 2009

नयाँ वर्षको शुभकामना !


न त भोकले छोओस , न त परोस प्यासले टर्न
न त लोडसेडिंगले सताओस, न त परोस बन्दले मर्न
न त राजनितिले गालोस, परोस डिभी नै किन
पाओस बेरोजगारिले छुन , न त परोस बेघर नै हुन !

यही नै नव वर्षको शुभकामना !!!

Monday, March 23, 2009

शुभकामना

वसन्तत आयो नै भन्छन
पाखा भरी फूलहरू फूलीसके
ऊराठ लाग्दा पहाडहरू विम्व प्रतीक बन्ने होलान
वैँशालू बन्ने होलान खहरेहरू
सारा धर्ती मगमगाउने छ
नयाँ वर्ष आउनै लाग्यो
शुभकामनाका शव्दहरू आदान प्रदान हुने होलान ?
खै ?
कसरी प्रफ़ूल्लित बन्ने नववर्षको खुशी मानी
न देशको कुरा गरुं न परदेशको
न राष्ट्रको कुरा गरुं न राष्ट्रियताको
ब्यथै ब्यथाले ब्याकूल देशवासी
पिडै पिडाले पीडित परदेशी
खै कसको खुसीमा शुभकामना बाँडू ?
खै के को उन्मादमा खुसियाली माँनू?
प्रचलनको रीत आत्मियताको प्रीत
एउटै मनको गीत
शुभकामना शुभकामना शुभकामना !!!

गीत

कति पर्खें देउरालीमा कति कुरें चौतारीमा !
कति खोजें तिमीलाई मैले जूनको तरेलिमा !!
कुर्दाकुर्दै जुनी बित्यो हेर्दा हेर्दै जोवन !
कसो गरी बुझाऊँ मैले अव मेरै यो मन !!
कोयली गाऊँछे गीत संधै संधै वसन्तमा !
याद आऊँछ तिम्रो संधै संधै एकान्तमा!!

Sunday, March 15, 2009

Nepalis in New York discuss promotion of Nepali literature

Nepalis living in New York organised an interaction to discuss the role of Nepali women Diaspora for the promotion of Nepali literature, art and culture, on Saturday.
The participants of the programme stressed on the need of combined efforts of both men and women in promoting Nepali language, literature and culture in the world.
People from various walks of life participated in the programme titled “Role of Nepali Women Diaspora and Promotion of Nepali Language and Literature” organised at Satya Narayan Temple in Woodside Avenue in Queens of New York by Nepali Women Diaspora.
Coordinator of the orgnisation Ms Kamala Prasai said that the objective of the programme was to promote Nepali language, literature, arts and culture.
The Diaspora honoured Professor Mohan Sitoula for his contributions to Nepali literature and language.
The programme chaired by Professor Laxmi Keshari Manandhar was participated by Bhuvan Sitoula, Diran Prasai, Janardan Thapaliya, Poet Ram Chandra Thapa, Kiran Thapa Rana, Dr. Bina Kansakar, Ganga GC, Mitthu Thapa and Bishal Shah, among others.
Madhuban Paudel, the Deputy Permanent Representative of Nepal to the United Nations was the Chief Guest.

Source: www.nepalnews.com (Mar 01, 09)

Thursday, March 5, 2009

प्रतिबिम्ब !!!


घडी चलिरहेछ
म नियालिरहेछु
घडीको बन्दाकृति भित्र मैले देखिरहेछु
उनी मुसुक्क हाँस्दैछिन्
म उनैसँग बोलिरहेछु
उनैसँग हराइरहेछु
अचानक घडीले घन्टी बजाउँछ
मेरो कल्पना भङ्ग गर्दै
उनी शायद लुक्छिन त्यतिखेर
थाहा छैन मेरो नजर्बाट मात्र लुकिन या अन्तस्करणबाटै
म फेरी नियाल्छु उनैलाई खोज्न थाल्छु
चञ्चल मन्भित्र लुकामारी खेल्न थाल्छु
कोठाभरी उनैको प्रतिबिम्बले मलाई गिज्याइरहेछ

शायद लोचनलाई व्यथा लागेछ
सागर छचल्किएछ
उनी फेरी हराइन
कोठाको परिसरलाई तोड्दै
गगन नियाल्न थाल्छु
निस्पट्ट अँध्यारोछ
पुरै आकाश कालो बादलले ढाकेकोछ
बादलले यस्सो परेली झिम्क्याउँछ
मेरी शशिले संसार चिहाउन खोज्छिन
मुसुक्क हाँस्छिन्
म त रोइरहेछु
आँशु पुछ्दै उनको हाँसोमा हाँसो मिलाउन खोज्छु
बिजुली चम्कन्छ, मेघ गर्जन्छ
कल्पना तोडिदिन्छ
कल्पनाको बिस्फोटनसँगै कोठाभरी अन्धकार छाउँछ
बाहिर पानी पर्न थाल्छ
शायद मन अति नै रोएछ क्यार
अश्रुधारा धेरै बगेछ
घडीभित्रको प्रतिबिम्ब
क्षितिज पारी पुगी हराएछ
अत्रिप्त मनसँगै मेरो घडी भोकाएछ
ऊ त लुपुक्क निदाएछ
शायद उसलाई चोट परेछ, आघात परेछ
सहनकै निम्ती आँखा चिम्लेछ
आफुसँगै मेरी मायालुको
प्रतिबिम्बलाई पनि विलिन बनाएछ ।
***
इन्दु शर्मा

Tuesday, February 24, 2009

त्यसैको प्रतिविम्व

म त्यसैको प्रतिविम्व साथी


आधुनिककालीन परिवेशको नमूना साथी


सुडौल पिडुँला के छोप्नु ,


मीनिस्कर्टले पनि अल्झाउछ मलाई


सायद आधुनिक भएरै होला साथी


तृष्णा तीर्खाले बल्झाउछ मलाई


महल र मोजमस्ती नै माया भन्ने गर्छु


सानै उमेरदेखि यौबनको प्यास मेट्ने गर्छु


म त्यसैको प्रतिविम्व साथी


आधुनिककालीन परिवेशको नमूना साथी!!

Monday, February 16, 2009

मन लाग्यो!

मलाई पनि मेरो माया साट्न मन लाग्यो !
प्रेम डोरी छिटो छिटो बाट्न मन लाग्यो !!
हिजो सम्म थाहै थेन,जाने कहाँ कुरै थेन !
धेरै यात्रा लामा लामा काट्न मन लाग्यो!!
भोली फेरी कहाँ जाने सोच्ने मन छैन!
तिमी बिना मलाई अव बाँच्न मन छैन!!

Sunday, February 1, 2009

चोइली






कती हाँस्ने कती टाँस्ने
खल्ती सबै रित्ती सके
कती जाँच्ने कती नाच्ने
आँगन सबै भत्किसके ।

Saturday, January 31, 2009

म अक्षर शव्द बन्दिन!!!

अक्षर शव्द बन्दिन !!!

म एउटा अक्षर ,
म आँफुमा पूर्ण थिएं र अपूर्ण पनि किनकी ?
अक्षरको सह-अस्तित्व शव्दमा छ, शव्दको अर्थ छ अनि उपयोगीता पनि ।
म पूर्ण बन्नको लागि तिमी चहिन्छेउ ,किनकी?
तिमी पनि एक अक्षर हौं ,पूर्ण अपूर्ण !!
गन्तब्य त शव्दनै हो जसको लागि तिम्रो र मेरो सह-यात्रा अनिवार्य छ ।
अफसोच ,
शव्दको पूर्णता पश्चात अक्षर वाक्य बन्नुपर्दो रहेछ ।
हिजो म अक्षर बाट शव्द र शव्दबाट वाक्य बनाइएं ,
कैयौं अक्षर र अर्धा-क्षर पूर्णता दिएँ
अक्षर अक्षरमै समन्वय गराइदिएँ
शव्द र वाक्यमा अर्थपूर्ण भूमिका निर्वाह गरेँ
त्यहाँ मेरो अस्तित्व स्विकारीयो ,उपयोग गरियो ,
तत्क्षण पूर्ण विराम पनि !!
पूर्ण विराम संगै मेरो सह-अस्तित्व तिमी छुट्टीएउ
वाक्यवाट विस्थापित हुँदै शव्द र पून:अक्षर मै फर्काइएँ म !!
म अक्षर बनाइएँ ,
फगत अक्षर !!
निर्णयको युद्धक्षेत्रमा रेफ र तर्कुले सँग जुध्दिन
अक्षर र अर्धा-क्षर हरु सँग लड्दिन
स्वतन्त्र अक्षर अक्षर नै रहन्छु
म शव्द बन्दिन
म अणु अणु नै रहन्छु परमाणु बन्दिन
निस्चयनै म अक्षर अक्षर नै रहन्छु शव्द बन्दिन!!!

नमूना साहित्य समूह स्मारिका २०५८ मा प्रकाशित

Sunday, January 18, 2009

मेरो भन्नु छैन

यो मेरो अर्को ब्लगको लागि प्राप्त कविता हो ।
-------------------------------

सदा मेरो पर्खाइमा बस्नु पर्ने छैन
मेरो निम्ती भोगाइमा रम्नु पर्ने छैन
कतै किन एक्लो मनले रोज्नु पर्ने हैन
टाढा भए आफन्तहरु मेरो भन्नु छैन !

संसारमा एक्लै आएँ जान्छु पनि एक्लै
मेरो भोगाइ संसारलाई हुनु पर्ने बेग्लै
टुक्रिसके मन पनि नखोज है सग्लै
भेट्न पनि गाह्रो भयो ठाउँ पर्‍यो अग्लै !

किन यस्तो निष्ठुरी हो समय मेरो पनि
लाग्न पाए जाती हुन्थ्यो कसैलाई नभनी
कति टिक्ने हुँला र म बसेकोछु दिन गनी
अचानकै आए मेरो लागि मृत्‍युसूचक बनी !

रचना: "बागी"

Wednesday, December 10, 2008

ताजमहल पहिचान र परिचय


इन्दु शर्मा


ताजमहल,
शाहजहाँले प्रेमको प्रतिक स्वरुप बनाए,
अहसानुल्लाह मोनीले आफ्ना
देशका जनाताको लागि त्यसको प्रतिबिम्ब!!

विश्वका केही आश्चर्य मध्येको एउटा नमूना ताज,
अब मुमताज़को प्रेमको प्रतिक रहेन,
गरिब जनताको लागि
धनाढ्य व्यक्तिको उपहार मन भुलाउने साधन बन्यो , ताज !!

"आफ्ना देशबासीले ताजमहलको सुन्दरता हेर्न पाउन"
मोनीको इच्छा!!
इतिहासमा कैद शाहजहाँले
ताज बनाउने मजदुरहरुको हात काटिदिए,
ताकि अर्को ताजमहल निर्माण नहोस
शाहजहाँको इच्छा!!

मोनीको इच्छा, शाहजहाँको इच्छा!!
ताजको पहिचान, ताजको इतिहास !!
ताजको परिचय अनि मुमताज़ र शाहजहाँको प्रेमको प्रतिक!!!

Sunday, November 23, 2008

तीन छोटा कबिताहरु

-इन्दु शर्मा


माया
अस्ति मैले अनलाइन भेटें !
हिजो सपनीमा !!
अघि सम्म संगै थियौँ!
अहिले बीरानीमा !!

शिक्षक
हिजो सम्म ऊ जे गर्थ्यो!
आज रोक्नुछ !!
बिद्यार्थीको अघि !
बसी अतीत छोप्नुछ !!

नेपालका नेता
नपाइन्जेल सबै गर्छु !
दिनु मलाई चान्स!!
पाएपछि सबै उस्तै !
कुर्सी माथि डान्स!!

Thursday, November 20, 2008

आकर्षक तस्विरहरु

प्रकृति पनि यति सुंदर देखिन्छ भनेर हामी विश्वास गर्न सक्दैनौ ...
यी आकर्षक तस्विरहरु शरद ऋतुमा क्यानाडाको बुचर्ट गार्डनमा खिचिएको हो, मिति भने यकिन साथ भन्न सक्दिन....










Monday, November 10, 2008

ग़ज़ल -आज तिमीलाई छुट्टै देखें !!

गजल -इन्दु शर्मा


आज तिमीलाई छुट्टै देखेँ, श्रृंगारले सजिएकी !
इन्द्रेणीको रङ्ग जस्तै, गहनाले भरिएकी !!

यौवनको रङ्ग होला अनुहारमा पोतिएको !
वसन्तको बहार जस्तै, हराभरा भरिएकी !!

आज तिमीलाई छुट्टै देखेँ, श्रृंगारले सजिएकी !
इन्द्रेणीको रङ्ग जस्तै, गहनाले भरिएकी !!

चालढाल नागबेली, गन्तव्यमा लम्किएको !
तिर्खाएको हरिण जस्तै, व्यग्र रुपमा देखिएकी !!

आज तिमीलाई छुट्टै देखेँ, श्रृंगारले सजिएकी !
इन्द्रेणीको रङ्ग जस्तै, गहनाले भरिएकी !!

Saturday, November 1, 2008

सपना

कथा -इन्दु शर्मा
"सपना "



आज सधैं झैं बिहानको रोशनीले कुखुराको भालेको डाँको ल्याएन। म झस्किएँ । कतै खोरमा थुनेको भाले चोरले लग्यो कि ? कतै मलसाँप्रोले खोर नै भत्काएर बियाड राखेको भाले पो खायो कि? म धर्खराउँदै कुखुराको खोर चियाउन पुगेँ।

रातको झिसमिसे उज्यालो, पूर्णिमाको रात आउन निकै रात बाँकी थियो। मेरा हातहरु सर्बप्रथम कुखुराको खोरका ढोकाहरूमा पुगे। ताल्चा यथास्थानमा नै पाए पछि म पुन: बिस्तारामा नै फर्किएँ ।

सूर्यदेवको दर्शन पाउन निकै समय बाँकी थियो। तैपनि मंसिरको बेला धान थन्क्याउन जानु पर्ने हो । म यही कुरासँगै हराइरहेको थिएँ । "फाँट पुरै फूकार भइसक्यो। " बाले हिजो भन्नु भएका कुराले त्यसको अर्थ बुझ्न मलाई गाह्रो भएन। गएको बर्ष मंसिरमा परेको असिनाले पूरै धान सखाप पारेको थियो। साउन भदौको ठूलो हावाहुरीले बगैंचाका सुन्तला रित्तै परेको थियो। यस बर्ष म मेरा कारण धानको नाश हुन दिन्न। यहि सोच्दै म डोरा नाम्लो लिएर फाँटतिर ओरालो झरेँ ।

सुन्तलीलाई निहिन उठाउन बोलाएको त्यो नि आइन । जुनकिरीको धिपधिप उज्यालोसँगै झरेको ओरालीको किन किन आभाषमा अर्कै थियो। मादी नदीको सुसाहट कता कता बिरानो लाग्दै थियो। लाटोकोसेरोको बिरह लाग्ने आवाज थिएन, झ्याउँकिरी को झ्याउँ झ्याउँ बन्द थियो। मनमा कता कता छटपटि र अनौठो तडपको आभाषसँगै म ओरालो लाग्दै थिएँ ।


अनकन्टार मरुभूमिको बिचमा लामबद्ध गाडीहरू, अनि तिनीहरूको प्याँ प्याँ आवाजले म ब्युझिएँ । म त्यतिबेला करपुटारको फाँटमा ओरालो लाग्दै गरेको रहेनछु, स्यास्त्रीबाट काफलटारको बाटो ओरालो लाग्दै पनि रहेनछु, म त अमेरिकाको पुरानो मरुभूमि र अहिलेको प्रगतिको शिखर चढ्दै गरेको टेक्सास राज्यको सडकमा दौडिरहेको थिएँ।

Friday, October 31, 2008

मस्कोमा लक्ष्मी जयन्ती

Devkota Jayanti in Moscow
International Nepali Literary Society, Moscow, celebrated the 100th birth anniversary of the late Mahakabi Laxmi Prasad Devkota by organising poem recital symposium.
A large number of Nepalese staying in the Russian capital including journalists, businessmen, women, children and literatures and Russians attended the function.
Chief editor of freenepal.com, a Nepali language news portal operated from Russia, Madhu Madhurya, called on the writers to contribute their articles for upcoming magazine on Nepali literature beyond Nepal.
After the literary festival, the INLS Moscow chapter has been reshuffled under the leadership of Madhurya. Similarly, Saraswati Khatiwada has been elected as vice president, Damodar Bashyal as secretary and Dilli Kharel as treasurer of the new committee.
nepalnews.com ia Oct 31

लक्ष्मी जयन्ती/

http://www.youtube.com/watch?v=ak7BACgs2G0

Thursday, October 30, 2008

गीत


चर्किएको छाती

चर्किएको छातीलाई टाल्ने कोही भेटिएन
माया गर्छु भन्थ्यौ मुखले यथार्थमा भेटिएन ।
चर्किएको छातीलाई ........................

च्यातिदिएँ तस्बिरहरु बिगत बनी बल्झाउने
च्यातिदिएँ प्रेमपत्र पाइलै पिच्छे अल्झाउने
मन नै च्याती फाल्दा पनि तिम्रो याद मेटिएन ।
चर्किएको छातीलाई ........................
................................................

कति पल्ट मरें होला तिम्रै लागि भनिकन
सयौं भेल तरें होला बाजी राखी यो जीवन
तिम्रो जीवन मेरो नाउँमा अझै किन लेखिएन ।
चर्किएको छातीलाई ............................
.................................................

पलपल दुख्नु भन्दा भुमरीमै फालिदिएँ
खरानी नै बन्छु भनि सलाई कोरी जलाई दिएँ
अचानोमै राखें छाती तर पनि रेटिएन ।
चर्किएको छातीलाई .......................
.............................................

माधव प्रसाद तिमिल्सिना
नौलो घुम्ती नेपाल
वित्त विभाग

Monday, October 27, 2008

शंकर लामिछाने

शंकर लामिछाने
Born: Bikram Sambat 1984Died: Bikram Sambat 2032Famous works: Hamro Samajma Nariko Mahatwa, Abstract Chintan Pyaj, etc.
Introduction:Shanker Lamichane was among the few Nepali writers who have had the opportunity to study in the west, and this is why his works have an important role in the Nepalese literature of the yester years. In writing Lamichane followed in the footprints of Devkota and adding his own new methods and ways of expressing himself. In his numerous essays and writings Shanker Lamichane has fought for the rights of women in the society. Because he had the advantage of both Eastern and western education he has been able present his ideologies and beliefs in a very scholarly manner.