
इन्दु शर्मा
ताजमहल,
शाहजहाँले प्रेमको प्रतिक स्वरुप बनाए,
अहसानुल्लाह मोनीले आफ्ना
देशका जनाताको लागि त्यसको प्रतिबिम्ब!!
विश्वका केही आश्चर्य मध्येको एउटा नमूना ताज,
अब मुमताज़को प्रेमको प्रतिक रहेन,
गरिब जनताको लागि
धनाढ्य व्यक्तिको उपहार मन भुलाउने साधन बन्यो , ताज !!
"आफ्ना देशबासीले ताजमहलको सुन्दरता हेर्न पाउन"
मोनीको इच्छा!!
इतिहासमा कैद शाहजहाँले
ताज बनाउने मजदुरहरुको हात काटिदिए,
ताकि अर्को ताजमहल निर्माण नहोस
शाहजहाँको इच्छा!!
मोनीको इच्छा, शाहजहाँको इच्छा!!
ताजको पहिचान, ताजको इतिहास !!
ताजको परिचय अनि मुमताज़ र शाहजहाँको प्रेमको प्रतिक!!!