Custom Search

Sunday, November 29, 2009

आस्था..............


बिदाईको बेला पाइन मैले हल्लाउन हात यी
खोटो पो छ कि ? कर्म यो मेरो शंका पो लग्यो नी
मनको ईक्षा दैवले हेर्छन भन्थे नी बाबाले
आशिर्बाद दिदा ताकेको पुगोस भन्थिननी आमाले
कोइलीका गीत गुन्जन छाडे वर्षा पो लग्यो कि
दिलको दैलो उघार्नै थियो अग्लो पो लग्यो कि
सन्ध्याको बेला आरति गर्छु इश्वर भाखेर
फर्केर आऊ यात्रा त्यो सकी पिरती साँचेर
सरिता जस्तै उर्लेर आऊ किनारा छुनलाई
आस्था कै भर प-या छु म त बिरह धुनलाई !!

Sunday, November 22, 2009

जलाशय र प्रतिबिम्ब !

जलाशय र प्रतिबिम्ब





म एउटा शान्त तलाउ
मात्र म जलाशय
सरिता मेरी सहेली
पद्मिनी मेरी सहयात्री ,मेरी सह -अस्तित्व
एउटा यात्री किनारै किनार सयल गर्दैछ ,
मेरी सरितालाई जिसक्याउछ
पद्मिनी को सुवास ,मन्जरी को सुगन्ध -उ तृप्त देखिन्छ
हुन सक्छ गन्तब्य अन्यत्र कतै
........................अनिश्चित
पुर्णिमाको रात, जुनेली तरङ्गहरू तैरिरहेकै छन्
यात्रीको प्रतिबिम्ब मेरो छाती भित्र खेलीरहेछ
यात्रीको प्रतिबिम्ब आफ्नै तरङ्गमा प्रवाहित गर्छु
मेरी सहयात्री मै संग छन् ,मेरी सहेली मेरै साथ छन्
अनायासै मेरा तरंग बिचलित बन्छन
बिश्रीन्खलित दौडाइ संगै अघिको प्रतिबिम्ब खोज्न
प्रतिबिम्ब जुन झैँ अस्ताएछ ,शित झैँ बिलाएछ
मात्र प्रतिबिम्ब को प्रतिबिम्ब मेरो गर्भाशय भित्र लुकेछ .

Monday, November 9, 2009

अभिषप्त जिन्दगीको मजै छ अर्कै

अभिषप्त जिन्दगीको मजै छ अर्कै
सागरको पानीलाई २ थोपी बिषले के गर्छ र खै ?

न भोक न तिर्खा न निन्द्रा न त प्यास
अभिषप्त जिन्दगीको मजै छ अर्कै

न कसैको माया न ममता को बन्धन
अभिषप्त जिन्दगीको मजै छ अर्कै

न बोलीले पोल्छ न झोली नै खुल्छ
अभिषप्त जिन्दगीको मजै छ अर्कै

२ घुड्की व्हिस्की सुकुटी संग ,टरेकै छ साँझ
अभिषप्त जिन्दगीको मजै छ अर्कै

Thursday, November 5, 2009

म तिमीलाई प्रेम गर्दिन !!!

यदि प्रेम तिम्रो भावनाको कदर हो भने
म तिमीलाई प्रेम गर्छु
म तिम्रो भावनाको कदर
गर्छु तिम्रो ईक्षा र चाहनाको सम्मान
गर्छु तर म तिम्रो पूजा गर्दिन
सायद त्यसैले म तिमीलाई प्रेम गर्दिन
प्रेम यदि सहयात्रा हो भने
जीवनका हरेक उकाली ओराली हरूमा तिम्रो साथ हुन्छु
अनि भन्छु म तिमीलाई प्रेम गर्छु
तर म तिमिसंग स्वप्नाको स्वर्गमा वायु पंखी घोड़ा लिएर उडदिन
सायद त्यसैले म तिमीलाई प्रेम गर्दिन
प्रेम समर्पण रे त्यसैले म तिमीलाई प्रेम गर्छु
किनकी ? म मेरो जीवन ,खुसी र उमंग तिमीमा समर्पण गर्छु
तर ,प्रेमले दियौ भन्दैमा
विष पिएर म मेरै जीवन को समर्पण गर्न सक्दिन
त्यसैले म तिमीलाई प्रेम गर्दिन
सिँउदोको सिंदुर माग्छ्यौ भने
एक चिम्टी रंग प्रेमले लगाइदिन सक्छु
किनकी ? म तिमीलाई प्रेम गर्छु
तर मेरै शरीर काटेर तिम्रो सिँउदोको रंग बन्न म सक्दिन
सायद म तिमीलाई प्रेम गर्दिन
शिरमा शिरफूल म दिन सक्छु तिमीलाई
बगैंचाका फूलहरू टिपेर
मलाई पर्बाह छैन मालीको गाली
अनि जंगली कांडाको घोचाई
किनकी ? म तिमीलाई प्रेम गर्छु
तर पनि तिमी सप्तरंगी इन्द्रेणी लाई गलामा सजाउन चाहन्छ्यौ भने
म त्यों चाहना पूरा गर्न सक्दिन
किनकी ? म त्यहाँ तिमीलाई प्रेम गर्दिन !!!

Thursday, October 22, 2009

ग़ज़ल

खोटोसिक्का सरि भा-छु जिन्दगीको मोड भरि
सम्झिएर रुनु पर्ने अतीतलाई घरि घरि
घाऊ लाग्यो मुटु भरि मन भरि चोट पर्यो
त्यहि चोटले छट्पटिदै रोइ रा-छु सँधै भरि
दोबाटोमा तिमी आयौ बोलाएको थेन क्यारे
तिमीसंगै हिड्छु भनी सपना देखें थरि थरि
छाडेऊ हात तिम्लेपनि दोष नाना लगाई लगाई
त्यहि दोषको रापले होला जलिराछु सँधै भरि
माग्यौ तिमीले दिएँ सबै भए भरको रित्तो पारि
जाने बेला किन कुन्नि आखाँ थिए भरि भरि !!!

Thursday, October 15, 2009

आमा म पनि देश चलाउँछु !

बिनीता ढकाल
जनताले तिरेको करमा मस्ती गरेर ,
आफ्नो खल्ती भर्न ,
आमा! म पनि देश चलाउँछु
जनता छिंडिमा बाँच्न विवश भएपनी
आफ्नो महलको उचाइ बढाउँछु
आमा! म पनि देश चलाउँछु।
बिकासका निम्ती छुट्याइएको बजेटले
बिदेश भ्रमणमा जान पाए
आमा! म पनि देश चलाउँछु
जनताका छोराले साइकल नदेखेपनि
मेरो छोरालाई पजेरोमा घुमाउँछु
आमा! म पनि देश चलाउँछु।
आश्वासनका भाषण दिएर,
सत्तामा कब्जा जमाउन पाए
आमा! म पनि देश चलाउँछु
डिग्री पासका सर्टिफिकेट
जलाउन जनता विवश भएपनि
नि।मा।वि पास
भान्जालाई भन्सारको अधिक्रित बनाउँछु
आमा! म पनि देश चलाउँछु।
राष्ट्रिय सम्पत्ति बेचेर घरखर्च चलाउन पाए
आमा! म पनि देश चलाउँछु
जनताका छोराछोरीले शिक्षा नपाएपनि
आफ्ना सन्तानलाई बिदेशमा पढाउँछु
आमा! म पनि देश चलाउँछु।
विदेशी अनुदानलेछोरीको कन्यादान गर्न पाए
आमा! म पनि देश चलाउँछु
गरिबीको पराकाष्ठामा देश पुगेपनि
आफ्नो कमिसनको रेट बढाउँछु
आमा! म पनि देश चलाउँछु
आमा! म पनि देश चलाउँछु!!!!

Friday, October 9, 2009

केवल एउटा श्रृजनाको लागी

दिमागमा भएका सबै शब्द चाङ्ग मिलाई मिलाई
एक शब्द समीकरण बनाउछु
शब्द भण्डार अलि संकोचित बनेको छ आज भोलि
सायद भावना संगै बग्ने मन कतै अल्झेको छ
मनको डोरी माया बनि बल्झेको छ
अनि शब्द समीकरण परिवर्तन गर्न खोज्छु
शुत्र र शिद्धान्त हरु परिवर्तन गर्छु
केवल एउटा श्रृजनाको लागि
तल्लिन हुन्छु ,समर्पित हुन्छु
सँधै प्रयत्नशिल
एउटा श्रृजनाको लागि
शब्द कोषका पानाहरु विचरण गर्छु
प्रतिक र बिम्बले श्रृजना सिंगार्न मन लाग्छ
श्रृजनै श्रृजनाको खात लगाएर बिसिस्ट बन्न मन लाग्छ
तैपनि खै किन हो कुन्नि मनको तस्विर मनमै रहन्छ
तस्विर संग मिल्ने कुनै शब्दै भेट्टाउन्न
मानौ शब्दकोषमा भएका शब्द हरु मनको तस्विर संग सुहाउन्नन
अझ भनौ कुनै त्यस्तो शब्दै छैन जसले मेरो मनको प्रतिबिम्बको बर्णन गरोस
न उनको सुन्दरता न उनको स्वच्छन्दता
बिना अर्थ शब्दकोशका पानाहरु शिथिल बनाउछु
बिना प्राप्ति शब्द समीकरण हरु परिवर्तन गर्छु
केवल एउटा श्रृजनाको लागि
केवल उनको बर्णनको लागि
अफसोच
न प्राप्ति न उपलब्धि !!!

Thursday, October 8, 2009

जीवन र दर्शन !!

जीवन एउटा दर्शन हो
जुन प्रतिपादन हुन्छ लागु हुँदैन
समाज
मात्र संरचना
अस्तित्व रित्तिएको अस्तिपञ्जर
बाद र पथ को डोरीमा अल्झिएको सुर्कने गाँठो
जति तन्कन्छ उति कसिन्छ ,उसको बिशेसता नै यस्तै
ऊषाकालिन किरण जस्तै प्रभावशाली छ आदर्श
जसको असर औंशीको निस्पट्टता लाई छिचोल्न खोज्छ
संधै शरदमा बसन्त खोज्छ जीवन
वसन्तमा पनि सुखी छैन ऊ बर्सात चाहन्छ
किन किन सार्है असन्तुस्ट देखिन्छ जीवन ?
त्यहि जीवन जीवन हरुको होलि खेलेर
आदर्श ,समाजमा परिवर्तन ल्याउछुँ भन्छ
अनि जीवन कुन्नि किन त्यहि आदर्शको पछी पछी
असन्तोष बोकेर छाँया जस्तै भौतारिन्छ
म्रिगतृष्णा छरपस्ट बगर भरि बलुवा मा खेलिरहन्छ
खै कस्तो जीवन अनि खै कस्तो आदर्श
उपमै उपमाको बाढी छ
प्रतिकै प्रतीकको पहाड छ
सपनै सपनाको भुमरी छ
आशै आशाको फूलवारी !!!




Wednesday, September 30, 2009

ग़ज़ल



सपनीमा आउछ्यौ तिमी अनायासै घरि घरि
एकै छिन आंउदा पनि किन हेर्छयौ आँखा तरि
माया गर्नु पापै भए गरें एउटा महा पाप
सपनीमै ज्युछुं बरु आइदेउ तिमी घरि घरि
सुन्दर छ्यौ संयम पनि सपनीमा भेट्दा भने
देख्छु तिम्रो कलि रुप बिपनीमा घरि घरि
छैन माया भने भन फर्की हेर्नु छैन पनि
धिक्कारेर ज्युनु पर्ला जिन्दगीलाई सधै भरि !!

Sunday, September 27, 2009

माछापुच्छ्रे र धर्मं

अखवारको हेड्लाईन के छ थाहा छैन
हर्के कुर्लन्छ
(ल आयो हजुर आजको ताजा खबर ...............)
बुज्रुकहरू आतुर आतुर पत्रिका किन्छन
एक बुज्रुक समाचार सार सुनाउछन
सवै जना उनीप्रति ध्यानाक्रित गर्छन
कोहि हो मा हो मिलाउछन
प्रभाती सान्ध्य प्रहरको लालीत्यले माछापुच्छ्रे मुस्काउदै थियो
एक टुक्रा बादल उड्दै आयो र बिलायो पनि
"आफुंहरुले जे गरेपनि हुने अरुलाई यसो र त्यसो "
भड्किलो आवाज ले जमिन थर्क्यो
माछापुच्छ्रे मुख छोपेर लाज ढाक्दै थियो
तर थाहा थिएन , उसको सर्वाङ्ग नाङ्गो आकृती
मुख छोप्दैमा छोपिदैन भनेर
यौबन को उन्माद लिएर ठडिएको माछापुच्छ्रे
त्यहि उन्माद बोकेर झरेका अतृप्त बैंशालु नदिहरु
कतिको प्यास मेट्दैछन ?
कतिको तृष्णा पखाल्दैछन्?
एक बृद्ध लौराको सहारा ले सडक पार गर्दै हुन्छन
एक हुल मानिस नारा जुलुस सहित सडक भरि हुन्छन
हुलमुलमा बिचरा बृद्ध व्यक्ति आफ्नो लौरो गुमाउछन
माछापुच्छ्रे ठडिएकै छ ,उ पग्लिएकै छ
मानौ -ठडिनु उसको कर्तव्य हो ठडिदिन्छ
पग्लिनु उसको धर्म हो पग्लिदिन्छ
कसैले भोगोस या प्यास मेटोस
ऊसलाई के वास्ता
किनकि वास्ता गर्नु उसको धर्मै होइन
चासो लिनु उसको कर्मै होइन !!!

हाम्रो पोखरा राम्रो पोखरा

Loading...