तिमी आऊ

तिमी आऊ जसरी पनि आऊ
मेरो मनको मझेरीमा मंजरी र पद्मिनी बनेर आऊ
अलिकति मात्रै भएपनि रङ्ग बनेर आऊएक मुठ्ठी मात्रै भए पनि ममताको निस्वास लिएर आऊ
एक अंजुली मात्रै भए पनि वात्सल्य लिएर आऊ
जीवनको यात्रामा देउरालीको पर्खाईमा
क्षितिज नियाल्दै टोलाएका यी नयनमा तिमी
अलिकति मात्रै भए पनि आशा बनेर आऊएकै पल मात्र जिउँला बरु सँगैजीवनको भरोसा बनेर आऊ /