Custom Search

Sunday, September 27, 2009

माछापुच्छ्रे र धर्मं

अखवारको हेड्लाईन के छ थाहा छैन
हर्के कुर्लन्छ
(ल आयो हजुर आजको ताजा खबर ...............)
बुज्रुकहरू आतुर आतुर पत्रिका किन्छन
एक बुज्रुक समाचार सार सुनाउछन
सवै जना उनीप्रति ध्यानाक्रित गर्छन
कोहि हो मा हो मिलाउछन
प्रभाती सान्ध्य प्रहरको लालीत्यले माछापुच्छ्रे मुस्काउदै थियो
एक टुक्रा बादल उड्दै आयो र बिलायो पनि
"आफुंहरुले जे गरेपनि हुने अरुलाई यसो र त्यसो "
भड्किलो आवाज ले जमिन थर्क्यो
माछापुच्छ्रे मुख छोपेर लाज ढाक्दै थियो
तर थाहा थिएन , उसको सर्वाङ्ग नाङ्गो आकृती
मुख छोप्दैमा छोपिदैन भनेर
यौबन को उन्माद लिएर ठडिएको माछापुच्छ्रे
त्यहि उन्माद बोकेर झरेका अतृप्त बैंशालु नदिहरु
कतिको प्यास मेट्दैछन ?
कतिको तृष्णा पखाल्दैछन्?
एक बृद्ध लौराको सहारा ले सडक पार गर्दै हुन्छन
एक हुल मानिस नारा जुलुस सहित सडक भरि हुन्छन
हुलमुलमा बिचरा बृद्ध व्यक्ति आफ्नो लौरो गुमाउछन
माछापुच्छ्रे ठडिएकै छ ,उ पग्लिएकै छ
मानौ -ठडिनु उसको कर्तव्य हो ठडिदिन्छ
पग्लिनु उसको धर्म हो पग्लिदिन्छ
कसैले भोगोस या प्यास मेटोस
ऊसलाई के वास्ता
किनकि वास्ता गर्नु उसको धर्मै होइन
चासो लिनु उसको कर्मै होइन !!!