Custom Search

Sunday, December 27, 2009

तिम्ले सजाए !



तिम्ले सजाए सजाउ आफ्नै सम्झेर सजाउ,
सिरमा सिर्फूल झैँ सजाएनी हुन्छ ,
सिउँदो मा सिन्दूर बनेर हास्न पनि सक्छु
ओठको लाली होस् या अधर को कान्ति होस्
जहाँ म सुहाउछु तिम्रो लागि
म माया बनेर मुटुमा धड्किन सक्छु ,
म ममता बनेर छातीमा लुकामारी खेल्न सक्छु ,
मलाई अप्ठ्यारो छैन तिम्रा नाडिमा चुरा बनेर सजिन
मलाई आपत्ति छैन तिम्रा गोडामा पाउजू बनेर लटकिन
जहाँ म अटाउछु तिमी भित्र
म तिम्रो निस्वास बनेर तिमीमा बिलाउन सक्छु ,
म तिम्रो स्वप्न बनेर निन्द्रा मा टोलाउन सक्छु ,
मात्र तिम्रो चाहनामा ,
तिम्रो जिउने आधार बनेर जिउन सक्छु
सप्त रंगी इन्द्रेणी बनेर रङ्ग छर्न सक्छु
तिमी संगै तिम्रो जीवन साथी बनेर ज्यून
जनम जनमको साथ निभाउने कसम खान सक्छु