Custom Search

Tuesday, May 25, 2010

माइली भाउजूको सिंधूर !!!


भर्खर निन्द्रा देवीको काखमा पल्टेको मात्र थिएँ
मिर्मिरे प्रकाशमा लत्पतिएको लाली लिएर
मेरो सर्बांग चुम्दै दौड्छे रोशनी
म लाजले भुतुक्क बनेको हुन्छु ,
ओइलाएको मेरो अनुहार कांपेका मेरा हातगोडा
सोकेश अगाडी लरबराई रहेका हुन्छन
(काँ काँ ............... )
(सुबोल सुबोल..................)
कागको नमिठो अट्टहास संगै फुत्केका मेरा बोलीहरू
बिर्खे दाई हलो काँधमा बोकेर झरीसकेछन
माइली भाउजू डल्लेठाँले डल्ला फोर्दै छिन
(आज मकै नछरी भएको छैन )
ऊनको योजना !
"ड्यांग ............... "
ऐनाको प्रतिबिम्ब लाई गिज्याउदै बसेकी -सुन्तली
झ्यालको पर्दा उघार्दै घुरिरहेको म !
"बा.............. बा !!"
"आमा...................... आमा "
बिर्खेको अबरुद्धता संगै सुन्तलीको हातको ऐना खस्छ
माइली भाउजूको सिन्धूर पुछियो रे .......................