Custom Search

Tuesday, December 13, 2016

कविता

         प्रतिक्षा !!!

 म  मौन छु 
 यसको मतलव यो होईन कि
 म चुपचाप अन्याय सहिरहेको छु ।
पर्दामा बहुला(हरू)को दिवा स्वप्नासंगै 
बहु- चारित्रीक बिशेसताका 
नौटंकीको नाटक हरू चलिरहेको छन्।
 म र मेरो समय  
रंगमंचमा बलजफ्ती हुत्याइएका छौं।
पात्र सबै उनै छन्
दृष्य परिवर्तन हुन्छन  
तर पनि एकै झैं लाग्छन 
कुकुर-कुकुर्नी को भुकाई  
स्याल-ब्वासाको छक्का -पन्जा
मुसा-बिरालाको लुकीछिपी 
चोरी बेइमानीको खेल । 
सायद ,
पर्दा अड्याउन राखेको डोरी खुस्केछ कि ?
अथवा 
 मुसो कुना छिरेर पर्दा छिद्र पार्दै छ ।
 पर्दा घरि घरि बन्द हुन खोज्छ।
 म नाटक समाप्तीको प्रतिक्षामा छु ।