Custom Search

Wednesday, May 3, 2017

गजल 







नआऊ नजीक भन्दै थिएँ मानीनौ नि तिमी हेर !
नलाऊं  माया  भन्दै थिएँ मानीनौ नि तिमी हेर !!

मिठो लाग्छ साथ तिम्रो नजीक हुन्छु भन्यौ हेर !
त्यै साथको आभाससंगै जीबन जीऊंछु भन्यौ हेर !!

लोलाएका नयन बाणले हान्यौ मलाई जानी जानी !
गुलावी   ति ओठ हरू फुकाएर हास्यौ हेर !!

मिठो प्रेमको प्याला संगै पिऔं हामी भन्यौ !
त्यै प्यालाको स्वाद संझी जीबन जीऊंछु भन्यौ हेर !!

नशा दियौ प्यारको  मिठो   तिम्रै  हुन्छु भनी भनी
नशा पनि कस्तो   मिठो    झुमौं संगै भन्यौ हेर !!

नआऊ नजीक भन्दै थिएँ मानीनौ नि तिमी हेर !
नलाऊं  माया  भन्दै थिएँ मानीनौ नि तिमी हेर !!