Custom Search

Sunday, June 21, 2009

हेप्पी डेथ डे टू यू !

हेप्पी डेथ डे टू यू !

असार सोह्रगते मेरो जन्म दिन रे
पोहोर पनि आएथ्यो दिन गन्दा गन्दै
अहिले पनि आयो बर्षै कुरेपछि
असार सत्र गते मेरो हजूरवुवा बित्नुभएको
आजभोली सबैमा एकै कुराको चर्चा पाउंछु
हजुरवुवाको श्राद्ध गर्ने तिथिको वारेमा
संयोग पनि कस्तो कस्तो तिथि हेरफेर भएछ
यसपाली त हजुरवुवाको श्राद्ध पनि असार सोह्र नै परेछ
घरभरी पाहुना छन,परिकारहरु पाक्दैछन पंडीत फलाक्तै छन
यस्तैमा कसैले "हेप्पी बर्थ डे टू यू"
भन्देला भन्ने सोचाइमा मन दगुरिरहेको हुन्छ
त्यतिनै वेला हजुरवुवाको त्यो चाउरि परेको मुहार सम्झन्छु
र मनमनै भन्छु "हेप्पी डेथ डे टू यू ग्र्यान्ड्फादर" !