Custom Search

Thursday, October 8, 2009

जीवन र दर्शन !!

जीवन एउटा दर्शन हो
जुन प्रतिपादन हुन्छ लागु हुँदैन
समाज
मात्र संरचना
अस्तित्व रित्तिएको अस्तिपञ्जर
बाद र पथ को डोरीमा अल्झिएको सुर्कने गाँठो
जति तन्कन्छ उति कसिन्छ ,उसको बिशेसता नै यस्तै
ऊषाकालिन किरण जस्तै प्रभावशाली छ आदर्श
जसको असर औंशीको निस्पट्टता लाई छिचोल्न खोज्छ
संधै शरदमा बसन्त खोज्छ जीवन
वसन्तमा पनि सुखी छैन ऊ बर्सात चाहन्छ
किन किन सार्है असन्तुस्ट देखिन्छ जीवन ?
त्यहि जीवन जीवन हरुको होलि खेलेर
आदर्श ,समाजमा परिवर्तन ल्याउछुँ भन्छ
अनि जीवन कुन्नि किन त्यहि आदर्शको पछी पछी
असन्तोष बोकेर छाँया जस्तै भौतारिन्छ
म्रिगतृष्णा छरपस्ट बगर भरि बलुवा मा खेलिरहन्छ
खै कस्तो जीवन अनि खै कस्तो आदर्श
उपमै उपमाको बाढी छ
प्रतिकै प्रतीकको पहाड छ
सपनै सपनाको भुमरी छ
आशै आशाको फूलवारी !!!