Custom Search

Sunday, January 3, 2021

म र मेरा सपना

 म र मेरा सपना 

मलाई थाह छ 
सपना - सपना मात्रै हो
सपनामा देखिने कुरा हरूमा 
बिश्वास लाग्दैन मलाई 
तर 
सपनाले ईंगित गरेको परिणाम प्रति अति बिश्वास लाग्छ 
किनकी मैले जहिले देखी सपना को संझना गर्न थाले 
अर्थात 
सपना का कहानी लाई बिपना मा जोड्न खोंजे 
मेरा सपना बिपरीत परिणाम मुखी बनेर बसे 
मानौं 
मेरा सपनाहरू मेरा भबिश्य का उल्टा रेखा हुन् 
म सपना बिपना को यही यथार्थ लाई स्विकार्छु 
कहिले कांहि लाग्छ 
परिक्षाका प्रश्न बाहिरिए जस्तै 
सपनामा जीबनका केही तिता पल बाहिरिई दिए 
झुटै आशामा रमाउन सिक्थें होला । 
पारी भन्ज्यांग जीम्मल बा की नातिनी ले 
मेरो सपनामा जन्माएको छोरो 
जन्मदा छोरी भएर जन्मिए जस्तै 
जीबन का जोड घटाउलाई सपनामा घाटै घाटा खुवाउन पाए 
एउटा नाफामुखी कल्पनाको श्वास फेर्न पाईन्थ्यो कि 
तर 
सपना सपनै हुने रैछ 
उस्कै नियम र नियति बोकेर बांच्ने रैछ 
त्यसैले त 
हरपल जीबनका खुट्किलामा पासो थाप्दै हिड्ने 
केही आफ्ना आफ्नै भन्नु पर्ने 
आईदिन्छन् आलिंगन को पसारो थाप्दै 
मरेको आफ्नो पन को कात्रो ओडेर ।