Custom Search

Sunday, June 21, 2009

तैपनि आज निंद्रा परेन

तैपनि आज निन्द्रा परेन !

सायद प्रतिक्षा थियो कसैको
कोहि भेट्ने चाहना थियो मनको
निस्पट्ट छ रात सुनसान छ परिवेश
तैपनि आज निन्द्रा परेन

सायद सम्झना थियो बिगतको
कल्पना थियो भविष्यको
लाटोकोशेराहरू प्रहर परिवर्तनको संकेत गर्दै छन्
तैपनि आज निन्द्रा परेन

सम्झन्छु देश रोएको छ
रत्नपार्क र शिंहदरबार त्यसैको खिल्ली उडाउंदैछ
बिस्तारामा पल्टेकै घन्टौ भयो आँखा पट्ट्याइरहेछ
तैपनि आज निन्द्रा परेन

प्रयास नगरेको पनि होइन
चितवनको भण्डारामा जलेको आशा ब्युझाउने
त्यहि आशा मडारिएको होला मनमा
घडीको एकोहोरो टिक टिक आवाज नि:शव्द बन्दैछ
तैपनि आज निन्द्रा परेन

न्यानो काख,चोखो स्पन्दन जहाँ मेरो भाव अटाओस
मिठो आत्मियता,विश्वासको सामिप्यता जहाँ मेरो चाह मडराओस
बिरानो संसार व्यर्थ कल्पना ........................
रोशनीले क्षितिज नियाल्ने बेला भैसक्यो,
थकित शरिर पल्टेकै छ बिस्तारमा
तैपनि आज निन्द्रा परेन

Monday, June 15, 2009

भालुको रिस खनायो माथि !!!

"भालुको रिस खनायो माथि "





दिमागमा भावनाका तरंगहरु सल्बलाई रहेका हुन्छन् /उर्लिएको आवेशलाई कुनै एक सानो रचानाद्वारा बन्द गरी भावनालाई थन्क्याउन मन लाग्छ/ विषय वस्तुको छनौटले मन आत्तिन्छ / म सोच्छु कथा लेख्छु ,के विषयमा लेख्ने ? सामाजिक ,राजनैतिक वा काल्पनिक ?अझ भनौं आजकलको प्रचलन अनुरुपनै युवा युवती विच प्रेम,मिलन,या बिछोड साथमा कही रोचक मसलाको प्रयोगले सिंगारूं ? हैन म सामाजिक अन्धविश्वाशी कुरीती विरुद्ध केही हद सम्म औल्याँउछु हैन हैन मैले आधुनिक सभ्य भनाउदो समाजको विकृति औल्याँउछु / म यिनै कुराहरुमा हराइहेको हुन्छु /


फेरी म उपन्यास मार्फ़त समग्र मानव जिवनकै कथा लेख्ने निर्णय गर्छु / आखिर उपन्यासको लागी पानी त कथा चाहियो............बरु छोटा छोटा कविता लेख्छु /फेरी प्रश्न श्रृंखला कस्ता कविता ...........के कविता सवै मेरा पाठकले बुझ्छन ?के म कविता मा समग्र समाजको चित्रण गर्न सक्छु ?यस्तैमा सारा आकंक्षा क्षितिज पारी पुगेर हराउंछ्न /अनि अनायासै निर्णय गर्छु कथा लेख्ने /
कथा त लेख्ने तर कुन परिवेस र सन्दर्भ समात्ने ?यस्तैमा विषय को छनोट गर्छु /मन मनै एक कथाको पूर्णता दिन्छु र लेख्न तम्सन्छु / ठीक त्यही वेला मलाई उसको याद आउंछ ,धत कथाको नायक त ऊ स्वयं बनेछ अनि नायिका म आंफु /अचानक अतितको त्यो दिनले झस्कायो ,जून दिन ऊ र म पहिलो पटक भेट भएका थियौं /धेरै बेर सम्म मौनतालाई अंगालोमा बाँधी एक अनौठो तरंगले प्रेम र जीवनको सामूहिक परिभाषा बनाएका थियौं /
तर आज म एकान्तता भित्र मौनताले गिज्याउदै गरेको खिस्सी सहेर बसेकी छू / अनि ऊ के गर्दै छ मलाई थाहा छैन ,सबै वेइज्जती र अपमान सहेर दुराचारी र चरित्रहीन का उपमा हरु मेरा जीवनका उपहार हरु छन ,उसले दिएका / मेरो आफ्नै जीवन कथा कथाको रुपमा पस्किएर मनको पीडालाई खुला किताव बनाउन मेरो आंट आएन / अनि पवित्र सागर जस्तै खुला बनाएर मेरो आत्मा छ्ताछुल्ल पोख्न सकिन / गर्वमा बसिसकेको वच्चालाई सांसारिक जन्जालमा बाँधने घ्रृस्टता गर्न सकिन /गर्वधारण गर्न सक्ने आमा भएर पनि मैले बच्चा जन्माउन सकिन /
आफ्नो जीवनको कथासंग सम्बद्ध भएभन्दै गर्वमै मुस्काउन लागेका शिशुहरू तुहाएं / न अनैतिक सम्बन्ध थियो न बेखुसिको गर्व ?स्वेच्छाले वरण गरेको भ्रूण जव जिन्दगीको शुरुवात गर्न खोज्छ अनि म सम्झन्छु पुरानो छायाँ -उही वलत्कारिको / अनि मेरो कोखवाट जन्मने संपूर्ण वच्चा त्यही वलत्कारिको वच्चा जस्तो लाग्छ /मेरो इच्छा विरुद्ध मलाई गर्ववती बनाइए जस्तो लाग्छ ,त्यो शिशु जस्मा मेरो स्पंदन छ ,धुकधुकी छ ,जसको नसा नसामा मेरो रगत वहेको हुन्छ ,जसको एक मुस्कानमा म सारा संसार भूलना सक्छु र पनि म उसको ह्त्या गर्छु /संधै तर्सन्छु उही हिम्स्रक रूपदेखी अनि सबै मेरा गर्वाशयमा प्रस्फुटित भ्रूण को अन्त्य गर्छु ,न कथा लेख्छु ,न कविता,न उपन्यास नै .........................यी सबै मेरा वलात्क्रित जिन्दगीका संतान हुन अवैध र अनैतिक चरित्रका ((उसको परिभाषामा)) प्राप्ति हुन त्यसैले मैले यिनको रक्षार्थ कुनै कदम चाल्नु हुंदैन वरू वलात्क्रित जिन्दगीको नमूना मेरो गर्वाशयमा बसेको उसको अबैध वीर्य मिल्काउनु छ ,जीवंत समाजको जीवंत प्राणी बनेर जीवन र जगत सापेक्ष वाच्चाहरू जन्माउनु छ / त्यही सोंचको विकास संगै अनि लेख्नुछ कथा ,कविता,उपन्यास ......................................जीवन र जगतको उतर्नु छ चित्रण /

म रोइरहेछु !!!


दुनियाँ सारा खुसीले हाँस्दा म रोइरहेछु
हाँस्छुनै भन्छु म पनि आज मुख खोलिरहेछु

ओंठमा मुस्कान च्यापिनैरदा के सोंचिरहेछु
पिडाले होला खै कुन्नी किन म रोइरहेछु

के सोंचे मैले कल्पना गर्दा तिमीलाई सम्झेछु
के भयो कुन्नी तिमीलाई संझी म रोइरहेछु

छाडेर जाऊ तिमीलाई मैले छातिमा सजाएँ
प्रेमको नाममा कोपिला सानो यसरी फूलाएं

सबैनै जस्तो मानिस एउटा म पनि रहेछु
पग्लेछ क्यारे भावना मेरो म रोइरहेछु !!!

Sunday, May 31, 2009

प्रस्फुटन


यो एउटा नमूना साहित्य समूहको प्रकाशन "प्रस्फुटन"




Monday, April 27, 2009

तिमी आऊ






















तिमी आऊ जसरी पनि आऊ

मेरो मनको मझेरीमा मंजरी पद्मिनी बनेर आऊ

अलिकति मात्रै भएपनि रङ्ग बनेर आऊ

एक मुठ्ठी मात्रै भए पनि ममताको निस्वास लिएर आऊ

एक अंजुली मात्रै भए पनि वात्सल्य लिएर आऊ

जीवनको यात्रामा देउरालीको पर्खाईमा

क्षितिज नियाल्दै टोलाएका यी नयनमा तिमी

अलिकति मात्रै भए पनि आशा बनेर आऊ

एकै पल मात्र जिउँला बरु सँगै

जीवनको भरोसा बनेर आऊ /

Tuesday, April 14, 2009

नयाँ वर्षको शुभकामना !


न त भोकले छोओस , न त परोस प्यासले टर्न
न त लोडसेडिंगले सताओस, न त परोस बन्दले मर्न
न त राजनितिले गालोस, परोस डिभी नै किन
पाओस बेरोजगारिले छुन , न त परोस बेघर नै हुन !

यही नै नव वर्षको शुभकामना !!!

Monday, March 23, 2009

शुभकामना

वसन्तत आयो नै भन्छन
पाखा भरी फूलहरू फूलीसके
ऊराठ लाग्दा पहाडहरू विम्व प्रतीक बन्ने होलान
वैँशालू बन्ने होलान खहरेहरू
सारा धर्ती मगमगाउने छ
नयाँ वर्ष आउनै लाग्यो
शुभकामनाका शव्दहरू आदान प्रदान हुने होलान ?
खै ?
कसरी प्रफ़ूल्लित बन्ने नववर्षको खुशी मानी
न देशको कुरा गरुं न परदेशको
न राष्ट्रको कुरा गरुं न राष्ट्रियताको
ब्यथै ब्यथाले ब्याकूल देशवासी
पिडै पिडाले पीडित परदेशी
खै कसको खुसीमा शुभकामना बाँडू ?
खै के को उन्मादमा खुसियाली माँनू?
प्रचलनको रीत आत्मियताको प्रीत
एउटै मनको गीत
शुभकामना शुभकामना शुभकामना !!!

गीत

कति पर्खें देउरालीमा कति कुरें चौतारीमा !
कति खोजें तिमीलाई मैले जूनको तरेलिमा !!
कुर्दाकुर्दै जुनी बित्यो हेर्दा हेर्दै जोवन !
कसो गरी बुझाऊँ मैले अव मेरै यो मन !!
कोयली गाऊँछे गीत संधै संधै वसन्तमा !
याद आऊँछ तिम्रो संधै संधै एकान्तमा!!

Sunday, March 15, 2009

Nepalis in New York discuss promotion of Nepali literature

Nepalis living in New York organised an interaction to discuss the role of Nepali women Diaspora for the promotion of Nepali literature, art and culture, on Saturday.
The participants of the programme stressed on the need of combined efforts of both men and women in promoting Nepali language, literature and culture in the world.
People from various walks of life participated in the programme titled “Role of Nepali Women Diaspora and Promotion of Nepali Language and Literature” organised at Satya Narayan Temple in Woodside Avenue in Queens of New York by Nepali Women Diaspora.
Coordinator of the orgnisation Ms Kamala Prasai said that the objective of the programme was to promote Nepali language, literature, arts and culture.
The Diaspora honoured Professor Mohan Sitoula for his contributions to Nepali literature and language.
The programme chaired by Professor Laxmi Keshari Manandhar was participated by Bhuvan Sitoula, Diran Prasai, Janardan Thapaliya, Poet Ram Chandra Thapa, Kiran Thapa Rana, Dr. Bina Kansakar, Ganga GC, Mitthu Thapa and Bishal Shah, among others.
Madhuban Paudel, the Deputy Permanent Representative of Nepal to the United Nations was the Chief Guest.

Source: www.nepalnews.com (Mar 01, 09)

Thursday, March 5, 2009

प्रतिबिम्ब !!!


घडी चलिरहेछ
म नियालिरहेछु
घडीको बन्दाकृति भित्र मैले देखिरहेछु
उनी मुसुक्क हाँस्दैछिन्
म उनैसँग बोलिरहेछु
उनैसँग हराइरहेछु
अचानक घडीले घन्टी बजाउँछ
मेरो कल्पना भङ्ग गर्दै
उनी शायद लुक्छिन त्यतिखेर
थाहा छैन मेरो नजर्बाट मात्र लुकिन या अन्तस्करणबाटै
म फेरी नियाल्छु उनैलाई खोज्न थाल्छु
चञ्चल मन्भित्र लुकामारी खेल्न थाल्छु
कोठाभरी उनैको प्रतिबिम्बले मलाई गिज्याइरहेछ

शायद लोचनलाई व्यथा लागेछ
सागर छचल्किएछ
उनी फेरी हराइन
कोठाको परिसरलाई तोड्दै
गगन नियाल्न थाल्छु
निस्पट्ट अँध्यारोछ
पुरै आकाश कालो बादलले ढाकेकोछ
बादलले यस्सो परेली झिम्क्याउँछ
मेरी शशिले संसार चिहाउन खोज्छिन
मुसुक्क हाँस्छिन्
म त रोइरहेछु
आँशु पुछ्दै उनको हाँसोमा हाँसो मिलाउन खोज्छु
बिजुली चम्कन्छ, मेघ गर्जन्छ
कल्पना तोडिदिन्छ
कल्पनाको बिस्फोटनसँगै कोठाभरी अन्धकार छाउँछ
बाहिर पानी पर्न थाल्छ
शायद मन अति नै रोएछ क्यार
अश्रुधारा धेरै बगेछ
घडीभित्रको प्रतिबिम्ब
क्षितिज पारी पुगी हराएछ
अत्रिप्त मनसँगै मेरो घडी भोकाएछ
ऊ त लुपुक्क निदाएछ
शायद उसलाई चोट परेछ, आघात परेछ
सहनकै निम्ती आँखा चिम्लेछ
आफुसँगै मेरी मायालुको
प्रतिबिम्बलाई पनि विलिन बनाएछ ।
***
इन्दु शर्मा

Tuesday, February 24, 2009

त्यसैको प्रतिविम्व

म त्यसैको प्रतिविम्व साथी


आधुनिककालीन परिवेशको नमूना साथी


सुडौल पिडुँला के छोप्नु ,


मीनिस्कर्टले पनि अल्झाउछ मलाई


सायद आधुनिक भएरै होला साथी


तृष्णा तीर्खाले बल्झाउछ मलाई


महल र मोजमस्ती नै माया भन्ने गर्छु


सानै उमेरदेखि यौबनको प्यास मेट्ने गर्छु


म त्यसैको प्रतिविम्व साथी


आधुनिककालीन परिवेशको नमूना साथी!!

Monday, February 16, 2009

मन लाग्यो!

मलाई पनि मेरो माया साट्न मन लाग्यो !
प्रेम डोरी छिटो छिटो बाट्न मन लाग्यो !!
हिजो सम्म थाहै थेन,जाने कहाँ कुरै थेन !
धेरै यात्रा लामा लामा काट्न मन लाग्यो!!
भोली फेरी कहाँ जाने सोच्ने मन छैन!
तिमी बिना मलाई अव बाँच्न मन छैन!!

Sunday, February 1, 2009

चोइली






कती हाँस्ने कती टाँस्ने
खल्ती सबै रित्ती सके
कती जाँच्ने कती नाच्ने
आँगन सबै भत्किसके ।

Saturday, January 31, 2009

म अक्षर शव्द बन्दिन!!!

अक्षर शव्द बन्दिन !!!

म एउटा अक्षर ,
म आँफुमा पूर्ण थिएं र अपूर्ण पनि किनकी ?
अक्षरको सह-अस्तित्व शव्दमा छ, शव्दको अर्थ छ अनि उपयोगीता पनि ।
म पूर्ण बन्नको लागि तिमी चहिन्छेउ ,किनकी?
तिमी पनि एक अक्षर हौं ,पूर्ण अपूर्ण !!
गन्तब्य त शव्दनै हो जसको लागि तिम्रो र मेरो सह-यात्रा अनिवार्य छ ।
अफसोच ,
शव्दको पूर्णता पश्चात अक्षर वाक्य बन्नुपर्दो रहेछ ।
हिजो म अक्षर बाट शव्द र शव्दबाट वाक्य बनाइएं ,
कैयौं अक्षर र अर्धा-क्षर पूर्णता दिएँ
अक्षर अक्षरमै समन्वय गराइदिएँ
शव्द र वाक्यमा अर्थपूर्ण भूमिका निर्वाह गरेँ
त्यहाँ मेरो अस्तित्व स्विकारीयो ,उपयोग गरियो ,
तत्क्षण पूर्ण विराम पनि !!
पूर्ण विराम संगै मेरो सह-अस्तित्व तिमी छुट्टीएउ
वाक्यवाट विस्थापित हुँदै शव्द र पून:अक्षर मै फर्काइएँ म !!
म अक्षर बनाइएँ ,
फगत अक्षर !!
निर्णयको युद्धक्षेत्रमा रेफ र तर्कुले सँग जुध्दिन
अक्षर र अर्धा-क्षर हरु सँग लड्दिन
स्वतन्त्र अक्षर अक्षर नै रहन्छु
म शव्द बन्दिन
म अणु अणु नै रहन्छु परमाणु बन्दिन
निस्चयनै म अक्षर अक्षर नै रहन्छु शव्द बन्दिन!!!

नमूना साहित्य समूह स्मारिका २०५८ मा प्रकाशित

Sunday, January 18, 2009

मेरो भन्नु छैन

यो मेरो अर्को ब्लगको लागि प्राप्त कविता हो ।
-------------------------------

सदा मेरो पर्खाइमा बस्नु पर्ने छैन
मेरो निम्ती भोगाइमा रम्नु पर्ने छैन
कतै किन एक्लो मनले रोज्नु पर्ने हैन
टाढा भए आफन्तहरु मेरो भन्नु छैन !

संसारमा एक्लै आएँ जान्छु पनि एक्लै
मेरो भोगाइ संसारलाई हुनु पर्ने बेग्लै
टुक्रिसके मन पनि नखोज है सग्लै
भेट्न पनि गाह्रो भयो ठाउँ पर्‍यो अग्लै !

किन यस्तो निष्ठुरी हो समय मेरो पनि
लाग्न पाए जाती हुन्थ्यो कसैलाई नभनी
कति टिक्ने हुँला र म बसेकोछु दिन गनी
अचानकै आए मेरो लागि मृत्‍युसूचक बनी !

रचना: "बागी"

Wednesday, December 10, 2008

ताजमहल पहिचान र परिचय


इन्दु शर्मा


ताजमहल,
शाहजहाँले प्रेमको प्रतिक स्वरुप बनाए,
अहसानुल्लाह मोनीले आफ्ना
देशका जनाताको लागि त्यसको प्रतिबिम्ब!!

विश्वका केही आश्चर्य मध्येको एउटा नमूना ताज,
अब मुमताज़को प्रेमको प्रतिक रहेन,
गरिब जनताको लागि
धनाढ्य व्यक्तिको उपहार मन भुलाउने साधन बन्यो , ताज !!

"आफ्ना देशबासीले ताजमहलको सुन्दरता हेर्न पाउन"
मोनीको इच्छा!!
इतिहासमा कैद शाहजहाँले
ताज बनाउने मजदुरहरुको हात काटिदिए,
ताकि अर्को ताजमहल निर्माण नहोस
शाहजहाँको इच्छा!!

मोनीको इच्छा, शाहजहाँको इच्छा!!
ताजको पहिचान, ताजको इतिहास !!
ताजको परिचय अनि मुमताज़ र शाहजहाँको प्रेमको प्रतिक!!!

Sunday, November 23, 2008

तीन छोटा कबिताहरु

-इन्दु शर्मा


माया
अस्ति मैले अनलाइन भेटें !
हिजो सपनीमा !!
अघि सम्म संगै थियौँ!
अहिले बीरानीमा !!

शिक्षक
हिजो सम्म ऊ जे गर्थ्यो!
आज रोक्नुछ !!
बिद्यार्थीको अघि !
बसी अतीत छोप्नुछ !!

नेपालका नेता
नपाइन्जेल सबै गर्छु !
दिनु मलाई चान्स!!
पाएपछि सबै उस्तै !
कुर्सी माथि डान्स!!

Thursday, November 20, 2008

आकर्षक तस्विरहरु

प्रकृति पनि यति सुंदर देखिन्छ भनेर हामी विश्वास गर्न सक्दैनौ ...
यी आकर्षक तस्विरहरु शरद ऋतुमा क्यानाडाको बुचर्ट गार्डनमा खिचिएको हो, मिति भने यकिन साथ भन्न सक्दिन....










Monday, November 10, 2008

ग़ज़ल -आज तिमीलाई छुट्टै देखें !!

गजल -इन्दु शर्मा


आज तिमीलाई छुट्टै देखेँ, श्रृंगारले सजिएकी !
इन्द्रेणीको रङ्ग जस्तै, गहनाले भरिएकी !!

यौवनको रङ्ग होला अनुहारमा पोतिएको !
वसन्तको बहार जस्तै, हराभरा भरिएकी !!

आज तिमीलाई छुट्टै देखेँ, श्रृंगारले सजिएकी !
इन्द्रेणीको रङ्ग जस्तै, गहनाले भरिएकी !!

चालढाल नागबेली, गन्तव्यमा लम्किएको !
तिर्खाएको हरिण जस्तै, व्यग्र रुपमा देखिएकी !!

आज तिमीलाई छुट्टै देखेँ, श्रृंगारले सजिएकी !
इन्द्रेणीको रङ्ग जस्तै, गहनाले भरिएकी !!

Saturday, November 1, 2008

सपना

कथा -इन्दु शर्मा
"सपना "



आज सधैं झैं बिहानको रोशनीले कुखुराको भालेको डाँको ल्याएन। म झस्किएँ । कतै खोरमा थुनेको भाले चोरले लग्यो कि ? कतै मलसाँप्रोले खोर नै भत्काएर बियाड राखेको भाले पो खायो कि? म धर्खराउँदै कुखुराको खोर चियाउन पुगेँ।

रातको झिसमिसे उज्यालो, पूर्णिमाको रात आउन निकै रात बाँकी थियो। मेरा हातहरु सर्बप्रथम कुखुराको खोरका ढोकाहरूमा पुगे। ताल्चा यथास्थानमा नै पाए पछि म पुन: बिस्तारामा नै फर्किएँ ।

सूर्यदेवको दर्शन पाउन निकै समय बाँकी थियो। तैपनि मंसिरको बेला धान थन्क्याउन जानु पर्ने हो । म यही कुरासँगै हराइरहेको थिएँ । "फाँट पुरै फूकार भइसक्यो। " बाले हिजो भन्नु भएका कुराले त्यसको अर्थ बुझ्न मलाई गाह्रो भएन। गएको बर्ष मंसिरमा परेको असिनाले पूरै धान सखाप पारेको थियो। साउन भदौको ठूलो हावाहुरीले बगैंचाका सुन्तला रित्तै परेको थियो। यस बर्ष म मेरा कारण धानको नाश हुन दिन्न। यहि सोच्दै म डोरा नाम्लो लिएर फाँटतिर ओरालो झरेँ ।

सुन्तलीलाई निहिन उठाउन बोलाएको त्यो नि आइन । जुनकिरीको धिपधिप उज्यालोसँगै झरेको ओरालीको किन किन आभाषमा अर्कै थियो। मादी नदीको सुसाहट कता कता बिरानो लाग्दै थियो। लाटोकोसेरोको बिरह लाग्ने आवाज थिएन, झ्याउँकिरी को झ्याउँ झ्याउँ बन्द थियो। मनमा कता कता छटपटि र अनौठो तडपको आभाषसँगै म ओरालो लाग्दै थिएँ ।


अनकन्टार मरुभूमिको बिचमा लामबद्ध गाडीहरू, अनि तिनीहरूको प्याँ प्याँ आवाजले म ब्युझिएँ । म त्यतिबेला करपुटारको फाँटमा ओरालो लाग्दै गरेको रहेनछु, स्यास्त्रीबाट काफलटारको बाटो ओरालो लाग्दै पनि रहेनछु, म त अमेरिकाको पुरानो मरुभूमि र अहिलेको प्रगतिको शिखर चढ्दै गरेको टेक्सास राज्यको सडकमा दौडिरहेको थिएँ।