Custom Search

Thursday, November 5, 2009

म तिमीलाई प्रेम गर्दिन !!!

यदि प्रेम तिम्रो भावनाको कदर हो भने
म तिमीलाई प्रेम गर्छु
म तिम्रो भावनाको कदर गर्छु 
तिम्रो ईक्षा र चाहनाको सम्मान गर्छु 
तर ,तर म तिम्रो पूजा गर्दिन
सायद त्यसैले म तिमीलाई प्रेम गर्दिन
प्रेम यदि सहयात्रा हो भने
जीवनका हरेक उकाली ओराली हरूमा तिम्रो साथ हुन्छु
अनि भन्छु म तिमीलाई प्रेम गर्छु
तर म तिमिसंग स्वप्नाको स्वर्गमा वायु पंखी घोड़ा लिएर उडदिन
सायद त्यसैले म तिमीलाई प्रेम गर्दिन
प्रेम समर्पण रे त्यसैले म तिमीलाई प्रेम गर्छु
किनकी ? म मेरो जीवन ,खुसी र उमंग तिमीमा समर्पण गर्छु
तर ,प्रेमले दियौ भन्दैमा
विष पिएर म मेरै जीवन को समर्पण गर्न सक्दिन
त्यसैले म तिमीलाई प्रेम गर्दिन
सिँउदोको सिंदुर माग्छ्यौ भने
एक चिम्टी रंग प्रेमले लगाइदिन सक्छु
किनकी ? म तिमीलाई प्रेम गर्छु
तर मेरै शरीर काटेर तिम्रो सिँउदोको रंग बन्न म सक्दिन
सायद म तिमीलाई प्रेम गर्दिन
शिरमा शिरफूल म दिन सक्छु तिमीलाई
बगैंचाका फूलहरू टिपेर
मलाई पर्बाह छैन मालीको गाली
अनि कांडाको घोचाई
किनकी ? म तिमीलाई प्रेम गर्छु
तर तिमी सप्तरंगी इन्द्रेणी लाई गलामा सजाउन चाहन्छ्यौ भने
म त्यों चाहना पूरा गर्न सक्दिन
किनकी ? 
सायद म  तिमीलाई प्रेम गर्दिन !!!