Custom Search

Sunday, November 22, 2009

जलाशय र प्रतिबिम्ब !

जलाशय र प्रतिबिम्ब





म एउटा शान्त तलाउ
मात्र म जलाशय
सरिता मेरी सहेली
पद्मिनी मेरी सहयात्री ,मेरी सह -अस्तित्व
एउटा यात्री किनारै किनार सयल गर्दैछ ,
मेरी सरितालाई जिसक्याउछ
पद्मिनी को सुवास ,मन्जरी को सुगन्ध -उ तृप्त देखिन्छ
हुन सक्छ गन्तब्य अन्यत्र कतै
........................अनिश्चित
पुर्णिमाको रात, जुनेली तरङ्गहरू तैरिरहेकै छन्
यात्रीको प्रतिबिम्ब मेरो छाती भित्र खेलीरहेछ
यात्रीको प्रतिबिम्ब आफ्नै तरङ्गमा प्रवाहित गर्छु
मेरी सहयात्री मै संग छन् ,मेरी सहेली मेरै साथ छन्
अनायासै मेरा तरंग बिचलित बन्छन
बिश्रीन्खलित दौडाइ संगै अघिको प्रतिबिम्ब खोज्न
प्रतिबिम्ब जुन झैँ अस्ताएछ ,शित झैँ बिलाएछ
मात्र प्रतिबिम्ब को प्रतिबिम्ब मेरो गर्भाशय भित्र लुकेछ .