Custom Search

Monday, June 14, 2010

सूर्य मुखी फूल बनी उसै तिर फर्किदियौ !!!

तिमी हास्यौ दिल खोली मन भरि खुसि थियो
शित बनी प्रित झर्यो तनै भरि बर्सिदियौ
तिमी रोयौ दुख्यो मुटु बेदना ले झर्यो आँशु
ओइलाएको मुना जस्तै धर्ति तिरै फर्किदियौ
लजाएझैं लग्यो मलाई लज्जावती सोची रहें
गुलाब जस्तै बैंश भरि पट्ट तिमी फक्रिदियौ
चिन्दै थिए चौतारी त्यो तिमीलाई राख्ने भनी
सूर्य मुखी फूल बनी उसै तिर फर्किदियौ !!!