Custom Search

Sunday, June 27, 2010

....................भन्न सक्दिन !!!

माया तिम्रो कति लाग्छ भन्न सक्दिन
जोखी नापी जे गरे नि गन्न सक्दिन
मुटु भित्र धड्कन बनी लुक्यो तिम्रो छाँया
तिम्रो यादमा रुन्छु हाँस्छु भन्न सक्दिन
सजाएर तिम्रो तस्विर मन्दिर बनाई पूजेको छु
धुकधुकी मा तिमी बोल्छेऊ भन्न सक्दिन
चाहनालाई बाँधी बाँधी तिमीसंग हाँस्छु बोल्छु
निस्छल मेरो माया भन्न सक्दिन
पोख्न खोज्छु तिम्रो सामु मन भित्रको माया जति
रिसाउछ्यौ कि तिमी भनि भन्न सक्दिन