प्रस्फुटन

Custom Search
Thursday, August 7, 2025
नेपाली कविताका शैलीहरू सांस्कृतिक, ऐतिहासिक र भाषिक प्रभावले समृद्ध छन्। यहाँ नेपाली कविताका प्रमुख शैलीहरू संक्षेपमा प्रस्तुत गरिएको छ:
1. **खण्डकाव्य**
- लामो, कथात्मक कविता जसले कथा वर्णन गर्छ, प्रायः महाकाव्य वा रोमान्टिक विषयमा।
- उदाहरण: भानुभक्त आचार्यको *रामायण* (नेपालीमा अनुवादित), जसले यो शैलीलाई लोकप्रिय बनायो।
- विशेषता: संरचित छन्द, कथावाचनमा केन्द्रित, प्रायः *शार्दूलविक्रीडित* जस्ता परम्परागत छन्दमा।
2. **मुक्तक**
- चार हरफको छोटो कविता जसले पूर्ण भावना वा विचार व्यक्त गर्छ, प्रायः रोमान्टिक वा दार्शनिक।
- विशेषता: संक्षिप्त, गीतिात्मक, भावनात्मक गहिराइ र तुकबन्दीमा जोड।
- प्रायः प्रेम र भक्तिमा लोकप्रिय, जस्तै लेखनाथ पौड्यालका रचनाहरू।
3. **गीत**
- गाउन वा वाचन गर्न मिल्ने गीतजस्ता कविताहरू, जसमा प्रेम, प्रकृति वा आध्यात्मिकता केन्द्रित हुन्छ।
- विशेषता: मधुर प्रवाह, सरल भाषा र भावनात्मक गहिराइ।
- लोक परम्परा वा आधुनिक नेपाली सङ्गीतसँग जोडिएको।
4. **गजल**
- फारसी परम्पराबाट लिइएको काव्य शैली, नेपालीमा प्रेम, वियोग र रहस्यवादका विषयमा अनुकूलित।
- विशेषता: दोहोरीमा तुक र रदीफ (पुनरावृत्ति) सहितका जोडीहरू, प्रायः अपूर्ण प्रेम वा दार्शनिक विचार व्यक्त गर्छ।
- मोतिराम भट्टद्वारा लोकप्रिय।
5. **कविता (मुक्त छन्द)**
- कुनै निश्चित छन्द वा तुकबन्दी नभएको स्वतन्त्र कविता, सामाजिक मुद्दा, पहिचान वा व्यक्तिगत चिन्तनमा केन्द्रित।
- विशेषता: लचिलो संरचना, प्रयोगात्मक भाषा र आधुनिक प्रभाव।
- देवकोटा र सिद्धिचरण श्रेष्ठका रचनाहरूमा प्रख्यात।
6. **झ्याउरे**
- ग्रामीण नेपाली परम्परासँग जोडिएको लोककविता, प्रायः चाडपर्व वा भेलामा गाइन्छ।
- विशेषता: सरल, लयबद्ध, दोहोरिने, प्रेम, श्रम वा प्रकृतिका विषयमा।
- सामान्यतः पाँच हरफको छन्दमा।
7. **दोहोरी**
- संवादात्मक, तत्काल रचिएको कविता, प्रायः पुरुष र महिलाबीच काव्यात्मक आदानप्रदान।
- विशेषता: चतुर, रमाइलो, लयबद्ध, लोक सेटिङमा प्रस्तुत।
- सांस्कृतिक कार्यक्रमहरूमा सामान्य, प्रेम र हास्यका विषयमा केन्द्रित।
Sunday, January 3, 2021
म र मेरा सपना
म र मेरा सपना
मलाई थाह छ
सपना - सपना मात्रै हो
सपनामा देखिने कुरा हरूमा
बिश्वास लाग्दैन मलाई
तर
सपनाले ईंगित गरेको परिणाम प्रति अति बिश्वास लाग्छ
किनकी मैले जहिले देखी सपना को संझना गर्न थाले
अर्थात
सपना का कहानी लाई बिपना मा जोड्न खोंजे
मेरा सपना बिपरीत परिणाम मुखी बनेर बसे
मानौं
मेरा सपनाहरू मेरा भबिश्य का उल्टा रेखा हुन्
म सपना बिपना को यही यथार्थ लाई स्विकार्छु
कहिले कांहि लाग्छ
परिक्षाका प्रश्न बाहिरिए जस्तै
सपनामा जीबनका केही तिता पल बाहिरिई दिए
झुटै आशामा रमाउन सिक्थें होला ।
पारी भन्ज्यांग जीम्मल बा की नातिनी ले
मेरो सपनामा जन्माएको छोरो
जन्मदा छोरी भएर जन्मिए जस्तै
जीबन का जोड घटाउलाई सपनामा घाटै घाटा खुवाउन पाए
एउटा नाफामुखी कल्पनाको श्वास फेर्न पाईन्थ्यो कि
तर
सपना सपनै हुने रैछ
उस्कै नियम र नियति बोकेर बांच्ने रैछ
त्यसैले त
हरपल जीबनका खुट्किलामा पासो थाप्दै हिड्ने
केही आफ्ना आफ्नै भन्नु पर्ने
आईदिन्छन् आलिंगन को पसारो थाप्दै
मरेको आफ्नो पन को कात्रो ओडेर ।
Tuesday, November 10, 2020
Wednesday, March 6, 2019
...याद दिएर गयौ ।
बिरानी थियौ परदेशी तिमी भाव लिएर आयौ
खै किन हो कुन्नी अमिट सद्भाव लिएर आयौ
मिलन को लोभै थेन तै नि आश लिएर आयौ
भाव,सद्भाव र आश मेट्दै फेरी याद दिएर गयौ
Monday, January 14, 2019
Friday, March 16, 2018
तिमी छ्यौ र त ........
तिमी छ्यौ र त प्रिया !!!
तिमी छ्यौ र त प्रिया बोलाउन मन लाग्छ !
तिम्रै तस्विर हेरेर सधैं टोलाउन मन लाग्छ !!
कतै भेटे झैं लाग्छ कतै छुटे झैं लाग्छ !
तिमी छ्यौ र त प्रिया जून नियाल्न मन लाग्छ !!
केही बोले झै लाग्छ दिल खोले झै लाग्छ !
तिमी छ्यौ र त प्रिया ईन्द्रेणी चियाउन मन लाग्छ !!
Saturday, May 13, 2017
गजल
यस्तो भईदिएको भए उस्तो भईदिएको भए !
मेरो जीबनमा तिमी मेरै भईदिएको भए ! !
यता भईदिएको भए उता भईदिएको भए !
मेरो वरिपरि तिमी छांयॉ बनीदिएको भए !!
यस्तो गरीदिएको भए उस्तो गरीदिएको भए !
मेरो चाहनामा तिमी संगै हिडीदिएको भए ! !
अहिले भईदिएको भए पछि भईदिएको भए !
मेरो बाहनामा समय चल्ने भईदिएको भए !!
न हुन्थे दुखी आज न हुन्थे एक्लो पनि !
मेरो चाहनाना संसार चल्ने भईदिएको भए!!
Wednesday, May 3, 2017
गजल
नआऊ नजीक भन्दै थिएँ मानीनौ नि तिमी हेर !
नलाऊं माया भन्दै थिएँ मानीनौ नि तिमी हेर !!
मिठो लाग्छ साथ तिम्रो नजीक हुन्छु भन्यौ हेर !
त्यै साथको आभाससंगै जीबन जीऊंछु भन्यौ हेर !!
लोलाएका नयन बाणले हान्यौ मलाई जानी जानी !
गुलावी ति ओठ हरू फुकाएर हास्यौ हेर !!
मिठो प्रेमको प्याला संगै पिऔं हामी भन्यौ !
त्यै प्यालाको स्वाद संझी जीबन जीऊंछु भन्यौ हेर !!
नशा दियौ प्यारको मिठो तिम्रै हुन्छु भनी भनी
नशा पनि कस्तो मिठो झुमौं संगै भन्यौ हेर !!
नआऊ नजीक भन्दै थिएँ मानीनौ नि तिमी हेर !
नलाऊं माया भन्दै थिएँ मानीनौ नि तिमी हेर !!
Wednesday, December 14, 2016
संझिएर तिमीलाई !!
संझिएर तिमीलाई !!
रोएं धेरै जीन्दगीमा संझिएर तिमीलाई
आंशु धेरै बगाइरहें संझिएर तिमीलाई !
तिमी तिम्रै सपनामा फकृएर फुलेकी छ्यौ
ब्यर्थै रोएं जीन्दगीमा संझिएर तिमीलाई !
मिर्मिरेको घाम सरी पोख्यौ रंग यत्र तत्र
लत्पतिदै त्यै रंगमा संझिएर तिमीलाई !
फूल जस्तै सोची तिम्लाई सुवास खोजीरहे
अधेरी को जुनकिरी संझिएर तिमीलाई !!
Tuesday, December 13, 2016
कविता
मेरै मान्छे बन्नु तिमी !!!
तिमी मेरो खुशी प्रीय तिमी मेरो सुख ,
जीवनमा कहिले पनि नआओस है दुख ।
तिमी हास्छेउ धर्ति फुल्छ स्वर्ग जस्तै यहाँ,
पूर्णिमानि औंशी लाग्छ रोयौ भने जहाँ ।
परेलीमा छुप्नु तिमी मुटुभित्रै लुक्नु तिमी ,
मनका पिडा बिर्सिएर संधै भरि हाँस्नु तिमी ।
बिपनीमा साथ दिनु सपनीमा छाउनु संधै ,
यसै गरी माया गर्ने मेरै मान्छे बन्नु संधै ।
कविता
प्रतिक्षा !!!
म मौन छु
यसको मतलव यो होईन कि
म चुपचाप अन्याय सहिरहेको छु ।
पर्दामा बहुला(हरू)को दिवा स्वप्नासंगै
बहु- चारित्रीक बिशेसताका
नौटंकीको नाटक हरू चलिरहेको छन्।
म र मेरो समय
रंगमंचमा बलजफ्ती हुत्याइएका छौं।
पात्र सबै उनै छन्
दृष्य परिवर्तन हुन्छन
तर पनि एकै झैं लाग्छन
कुकुर-कुकुर्नी को भुकाई
स्याल-ब्वासाको छक्का -पन्जा
मुसा-बिरालाको लुकीछिपी
चोरी बेइमानीको खेल ।
सायद ,
पर्दा अड्याउन राखेको डोरी खुस्केछ कि ?
अथवा
मुसो कुना छिरेर पर्दा छिद्र पार्दै छ ।
पर्दा घरि घरि बन्द हुन खोज्छ।
म नाटक समाप्तीको प्रतिक्षामा छु ।
Tuesday, November 8, 2016
''परी बनी ''
गजल -''परी बनी ''
फूल जस्तै भनूं भने कुन फूल खोजूं तिमी अट्ने ?
जून संग दांजू भने कहां जून खोजूँ तिमी सज्ने ?
ओठ हेरे ओठै राम्रो आँखा आँखा झनै झनै राम्रो
कुन उपमा खोंजू भन तिम्रा लागि सहि बन्ने ?
हेरी रहूँ जस्तो तिम्लाई छैन कुनै नशा पनि
कहाँ बाट आयौ तिमी यो धर्तीमा परी बनी ?
Wednesday, April 6, 2016
जहिले रोएँ लुकेर रोएँ
जहिले रोएँ लुकेर रोएँ.....
शृजना पौडेल ।
''कहिले आँसु सुकेर रोएँ
कहिले मुटु दुखेर रोएँ !!
हिड्दा हिड्दै ठेस लागे कति
कहिले शीर झुकेर रोएँ!!
सोचेको सबै पुग्छ र कहाँ
कहिले आफैं चुकेर रोएँ!!
रूंदा रूंदा गलेर थाक्न पाइन
कहिले भाग्य थुकेर रोएँ!!
रूवाइको त ठेगान नहुदो रैछ
जहिले रोएँ लुकेर रोएँ........!!!!!
न्यू योर्क अमेरिका
Friday, April 1, 2016
प्रिया ।
प्रिया !!!
तिमी मेरो खुशी प्रिया , तिमी मेरो सुख ,
जीवनमा कहिले पनि नआओस है दुख ।
तिमी हास्छेउ धर्ति फुल्छ स्वर्ग जस्तै यहाँ,
पूर्णिमानि औंशी लाग्छ रोयौ भने जहाँ ।
परेलीमा छुप्नु तिमी मुटुभित्रै लुक्नु तिमी ,
मनका पिडा बिर्सिएर संधै भरि हाँस्नु तिमी ।
बिपनीमा साथ दिनु सपनीमा छाउनु संधै ,
यसैगरी माया गर्ने मेरै मान्छे बन्नु संधै ।
Wednesday, March 30, 2016
गजल ।
चाहेर पनि हजार चोटी
म तिम्रो मान्छे हुन सकिन ।
जलेर छाती खरानी हुंदा
म तिम्रो याद मेट्न सकिन । ।
नरूनु भन्थेऊ पुछेर आंशु
म मेरा आंशु सुकाउन सकिन ।
जलेर छाती खरानी हुंदा
म तिम्रो याद मेट्न सकिन । ।
हॉसौ भन्थेऊ बॉडेर खुसी
म तिम्रा दुख छिपाउन सकिन ।
जलेर छाती खरानी हुंदा
म तिम्रो याद मेट्न सकिन । ।
मनले मान्यो आफ्नै बन्यौ
आफ्नो पन मैले निभाऊन सकिन ।
जलेर छाती खरानी हुंदा
म तिम्रो याद मेट्न सकिन । ।
Friday, June 5, 2015
......तिम्लाई म त ।
पूर्णिमाको जूनजस्तै राम्री देख्छु तिम्लाई म त !
ईन्द्रेणीका रंगजस्तै रंगीन देख्छु तिम्लाई म त ! !
एउटै फूल फुल्दा पनि बगैंचा नै हरा भरा !
आँखाभित्र लुकाईराखुं जस्तो लाग्छ तिम्लाई म त ! !
कति हेरूं तिम्रो रूप थाक्लान् बरू आँखा हरू !
छाँयां सरि यता-उता खोजौं लाग्छ तिम्लाई म त ! !
न भोक हो केहि खाँऊं न त तिर्खा पानी पिऊं !
आफ्नै सम्झी मनभित्र बस भन्छु तिम्लाई म त ! !
Thursday, November 27, 2014
अव्यक्त आकांक्षा
अव्यक्त आकांक्षा
दिनभरिको ड्युटी पश्चात म मेरो पसलमा बसिरहेकी हुन्छु ,थकित मानसिकता लाई बिर्साउदै । हुनत संधै यस्तै हो ,दिनभर ड्युटी अनि बेलुका पसल ।
पत्रिका पसल भएर होला ग्राहक को घुइंचो नै लागिरहन्छ ।मेरो मानसपटल मा ग्राहकका अनुहारहरू क्रमश : स्थापित र बिस्थापित जान्छन ।पसलमा एक्लै कल्पनाको संसारमा दिवा घटनाहरू मडारिन्छन । मेरो मानसपटलमा स्थापित भैसकेको एउटा अनुहार मेरो दृष्टिमा पर्छ ,क्रमश समिपमै खडा । ऊ मेरो पसलको नियमित ग्राहक ,मेरो मनको भोक ,आँखाको तृष्णा साथै कल्पनाको सहयात्री पनि । टिनिन्न टेलिफोनको घन्टी बज्छ ,"हेल्लो " म मेरो आत्माको परमात्मा भेटे झैं हुन्छु , काँपिरहेका ओंठबाट हजार शब्द एकैपटक निस्किए जस्तो लाग्छ । म तिनै शब्दका पदचाप खोज्दै जल तरङ्गमाथि तैरिरहेकी हुन्छु।
म आफ्नो स्ट्यान्डर्ड उसंग तुलना गर्न पुग्छु ,कलेटी परेका ओठमा केस्रा केस्रा केलाउन थाल्छु ।बाकसमा थनक्याइएका कागजका खोस्टा धमिराले खादै गरेको देख्छु ,उ संगका कम्प्यारिजनमा म कम्जोर हुन्छु ,आफ्नो गतिशिलितामा अनि प्रक्रियामा उसलाई आँफू संगै हुत्याऊन मन लाग्छ । साच्चिनै उसको भोक जागेछ ।
मेरो मनमा उसका बारेमा जान्ने / बुझ्ने चासो लिने प्रयास नगरेको पनि होइन ,उपयुक्त समय र परिस्थितिको पर्खाइमा थिएं । उसको चाल -चलन र अचारणले म उसलाई गाउले परिवेशको उपज भनेर निर्धक्क भन्न सक्थे ।उसको र मेरो बिचमा मन मनै अनौपचारिक हामी भएको दिन गणना गर्ने हो भने आज महिनौ बितिसकेछ तर औपचारिकता भने उ पसलको ग्राहक म पसलकी साहुनी । म मेरो वातावरण संग गर्व गर्छु , तर आत्मियता उसकै प्यारो लाग्छ सामिप्यता उसकै न्यानो लाग्छ ।म अनविज्ञ छु । हरेक दिन ड्युटी सक्छु अनि हतार हतार पसलमा उसकै प्रतिक्षामा । उसको अनुपस्थिति मा स्वप्निल साथ छ मेरो लागि अनि उपस्थितिमा काल्पनिक ,म चालचल बनिसकेकी छु । सोच्छु उसले हरेक दिन पढ्ने पत्रिका जस्तै मेरो अनुहार पनि पढोस ,हरेक दिन रस्वादन गर्ने साहित्य जस्तै मेरो आत्मियता पिओस ।
म उसलाइ प्रेम गर्न थालिसकेकी छु । उसको भावना नै बिशाल समुन्द्र जस्तो लाग्छ अनि त्यहि समुन्द्र मा समाहित हुन सरित प्रबाह अंगाल्न पुग्छु । मन भित्र कता कता डर त्रास र छटपटीले सताउन थाल्छ कतै…………?होइन होइन………त्यस्तो होइन र छैन होला। मनभित्रको मायाको आगो र छटपटी उसको पोल्टामा थनक्याउन मन लाग्छ अनि उसको शितल छायामा बसी निभाउन मन लाग्छ। मेरो दैनिक जीवन चर्या निकै कठिन महसुस गर्छु ,दिनहरु पर्खाल बनेर लहरै उभिदिन्छन ,रातहरु पहाड बनेर लमतन्न सुतिरहन्छन। ति सबै भन्दा माथि म उसलाई कन्चन र बिशाल हृदय फिंजाएर पर्खिरहेको हिमाल महसुस गर्छु अनि बेगसंग बादल बनेर उड्छु। अग्ला अग्ला र दाह्रा किटेर बसेका पहाडहरु मेरो अन्तिम बिन्दु बनिदिन्छन। म फेरि सागरकै निम्ति दौडन बाध्य हुन्छु मन र दृस्टी मात्रै हिमाल सम्म पुर्याएर। म चिच्याउछु ,कराउछु अनि अकस्मात ब्युझंछु त्यो कहाली लाग्दो दृश्य त सपना पो रहेछ ।
अनायास गम्भीर चेहरामा पिडा देख्छु ,मेरो मुटुको चाप बढिरहेछ ,सम्हालिन्छु " हेर्नुस न आजको पत्रिका "मलाई उसंग बोल्न मन लाग्छ । उसको पीडालाई बिभाजन गरेर पिउन मन लाग्छ ,उसलाई पिडा हुने बिष पिएर म उसलाई शान्त पार्न चाहन्छु ,बरु म मर्न तैयार छु ।" छि कस्तो नचाहिने कुरा खेलेको मनमा पनि " म सम्हालिन खोज्छु ।उ मेरो पसल मा भएको पे-फोन मा नम्बर डायल गर्दै छ । "हेल्लो ! ए काका !" गाम्भियार्ताले उसलाई चुर्लुम्म डुबाएको छ । " भाइ दुर्घटनामा परेर अस्पतालमा छ तपाई………" शब्द शृंखला टुट्यो ।
म उसलाइ एकै शब्दमा सम्पूर्ण इति वृत्त पस्कन सकिने प्रश्नको बाढी गराउछु। आँखामा टल्पलाएका आशुका थोपाले पिडा र व्यथा ओकलिरहन्थे। " भाइ ……। "एक शब्द पछि अर्को शब्द ओंठ बाट फुत्केन।
भोलिपल्ट म ड्युटी मा गएँ। पेसाले सेवानै धर्म हो भन्ने उक्ति ब्यक्त गर्न आग्रह गरिरहेको हुन्थ्यो। मेरो वार्ड बिरामीहरुका बारेमा मेरा साथीहरु मार्फत बुझ्दै गएँ। भर्खर अप्रेशन भएर बेहोसिमै लडिरहेको एक बिरामी देख्ने बित्तिकै पसलमा आउने ग्राहकहरुको याद आयो, अनि उसको फोन अनुहार इत्यादि। उस्तै फुस्रो अनुहार अनि पन्हेलो बनेको। मेरो मनको साथी कल्पनाको सहयात्रीको भाइ पक्का पनि उही हुनुपर्छ भन्ने अनुमान गरे अनि आफनो दाइत्व र कर्त्यब्यलाई औल्याई अस्पतालकै ओढ्ने ल्याई ओढाई दिए । हरेक क्षण उ मेरो बिशेष निगरानीमा रहन थाल्यो । केहि समय पश्चातनै मरो कल्पनाको सहयात्री हतार हतार भित्र पस्यो ,सरासर उसको भाइ भएको ठाउमा पुग्यो अनि बिरामी को अवस्था ले बिब्हल बन्यो।
उ मलाई देख्ने बित्तिकै भक्कानिन्छ ,मानौ उसको लागि म नै एक आधार हुँ ,म नै एक भरोसा हुँ। आखिर खोजेको मैले अर्थात् मेरो मनले पनि त त्यहि हो नि हुनत। म मन मनै फेरि सपनामै हराउछु। " तपाई नर्स हो , ल सिस्टर उ मेरो भाइ मेरो मुटुको टुक्रा…………………" उ आफ्नो भै प्रति को माया र भावना खन्याउछ। म उसलाई दुर्घटना हुनको सम्पूर्ण कारण सोध्छु ,थाहा लाग्छ सहर दाइलाई भेट्न आउने क्रममा बसको ठक्कर ले त्यस्तो भएको रहेछ ।
पेसाको औपचारिकताले म उसलाई सान्त्वना दिन्छु , हरदम सहयोग गर्ने प्रतिबध्दता देखाउछु र साथी हरुलाई उ मेरो आफ्नो मान्छे भएको कुरा ब्यक्त गर्दै बिशेष ख्याल गर्न भन्छु । डाक्टरलाई उसको राम्रो रेख देख गरिदिन आग्रह र अनुरोध गर्छु ।
समय चलिरहेको छ , प्रक्रिया घुमिरहेको छ ,रुपेश अर्थात् उसको दुर्घटित भाइ अब राम्रो हुदै थियो । मेरो मनभित्रको पिडा ले मलाई झन् झन् पोलिरहेको थियो ,उ प्रतिको मायाले मन जलिरहेको छ । मायाका का तरङ्ग हरु भावना रुपी छाल संगै प्रवाहित भैरहेका छन् अव्यक्त आकांक्षाहरु सलबलाइरहेका छन्। ड्युटी मा मिल्ने फुर्सदको समय उनीहरु संगै बिताउथे कुराकानी मात्र पेसाकै औपचारिकता मा सिमित हुन्थे। उर्लिएका मनका रहरहरू कसरि खोलुं ,? अन्योलमा नै हुन्थे। मायाको बदला सधै आदर र सम्मान पाउथें। लाग्छ यहि आदर र सम्मान जस्तै माया पाउन पाए। म उसलाई हर तरह आफनै सम्झन थाल्छु। " म तिम्रै बन्न चाहन्छु दिपेश सम्हाल " भन्न चाहन्छु। उसको भाइलाई "रुपेश म केवल नर्स होइन तिम्रो आफ्नै परिवार हुँ स्वीकार है " भन्न चाहन्थे।
अफसोच म संधै असफल। रुपेश लाइ भोलि डिस्चार्ज गर्नु छ।
आफ्नो कक्षमा बसेर रुपेशकै फाइल अध्ययन गरिरहेकी छु ,उसको स्वास्थ ठिक भैसकेको छ , उ बेडमा शान्त संग बसिरहेको छ ,दिपेश आडैमा उदास तर उत्साहित मनस्थिति मा छ ,म झ्यालबाट उनीहरु लाइ नै नियाली रहेकी छु। अकस्मात दिपेश म भएको झ्याल तर्फ हेर्छ लाग्यो नजर हरु मिले , अनि आफ्नै पाराले अनुहार भरि मुस्कान फैलियो सायद यस्तै मिठो………………………।
''नर्स दिदी ! मेरो बाबु रुपेश दुर्घटनामा पर्नुभएको यहि अस्पताल मा हुनुहुन्छ कहाँ होला ? यसो हेरिदिनुस न "।रुपेशको नाम लिंदै गरेको नारी आवाज तर्फ हेर्छु ,निकै आत्तिएको मुद्रामा एक सुन्दर युवती मेरो अगाडी उभिएकी थिइन्। म मौन रहे। मनमा एकै चोटी लाखौ तरंगहरु तरंगित हुन्छन। "प्रतिमा !"दिपेशको आवाज ले उनलाई हुत्याउदै रुपेशको बेड मा पुर्यायो। प्रतिमा आखिर को होलिन ? आहा कस्ती नारी सौन्दर्य कि प्रति मुर्ति बिना शृंगार कस्तो खुलेको त्यो रुप ? नाम र रुप कति मिलेको ? सोच्दा सोच्दै रुपेश बेड बाट झरेको झैँ लाग्छ ,उसलाइ त्यति हिडडुल नगर्ने आग्रह गर्ने बहानामा उसको समिप हुत्तिन्छु। " प्रतिमा ! उहा यहाको नर्स हाम्रो भाइ लाइ कति मायाले उपचार गरिदिनु भयो उहाँ नभएको भए सार्है अप्ठ्यारो पर्थ्यो हामी लाइ ,धेरै सहयोगी हुनुहुन्छ। " मेरो परिचय अनि प्रशंसा सुनेको कारण होला मुस्काउन मन लाग्छ। छाती भित्र बेदनाको ज्वारभाटा चल्न खोज्छ कता कता प्रतिमा को उपस्थिति ले त होइन ? मन आत्तिन्छ।
" ए साँच्ची नर्स दिदी ! उनी मेरी श्रीमती प्रतिमा। दिपेश ले प्रतिमा तिर संकेत गर्छ ,प्रतिमा नमस्कार गर्छिन मेरा हातहरु सिथिल बनिसकेका छन् बिना सोंच ,बिना पर्बाह उठे अनि झरे। मैले अब त्यहाँ बस्नु को कुनै औचित्य देखिन , मैले अर्पेको मेरो मनको बिश्राम मिलेन ,मेरो चौतारी रहेन -रहेन अब देउराली……………।
यतिवेला म उनीहरु संगै भएर पनि नभएकी जस्ती भएकी छु ,तीन जनाको मायाको त्रिबेणी मेरो इर्ष्याको केन्द्र बन्छ। कति प्रगाड छ दाजु भाइको माया ,श्रीमान श्रीमतीको माया ,अनि देवर भाउजु को माया। केहि नबोलेर नै सबै कुरा अभिव्यक्ति भैरहेको छ। सोच्दा सोच्दै म त्यहाँ बाट अलप भैसक्छु आफ्नो कक्ष अनि ड्युटी नसकिदै घर पुग्छु। कस्तो बिडम्बना मेरो भाग्यको …………….।
भोलिपल्ट ड्युटी जान मन लाग्दैन ,तर फेरि कर्तब्य र दायित्व ले आफै डोहोर्याउछ। आफ्नो कक्ष मा पुग्ने बित्तिकै देख्छु दिपेश हरु आफ्ना समान हरु सहित बेडमा बसिरहेका हुन्छन। म अनुमान लगाउछु उनीहरु डिस्चार्ज को तयारी मा छन्। " दिदी हामीलाई डिस्चार्ज को कागज दियो मात्र तपाइको प्रतिक्षामा छौं , हामी जस्तो गाउँले लाई यति धेरै सहयोग गर्नु भयो हामी लाइ ऋणी बनाउनु भयो ,दिदी तपाइलाई धेरै धेरै धन्यबाद। "
रुपेश मनभित्र बाट केहि खुसि हरु फ्याक्दै थियो। दिपेश र प्रतिमा मै तर्फ आउदै थिए। तीनै जना समुहिक नमस्कार गर्छन म मौन हात हल्लाई दिन्छु नमिठो हाँसो ओठ भरि छरेर। तीन जना बिस्तारै गन्तब्य तर्फ प्रस्थान गर्छन। उनीहरु एकै साथ म तिर फर्कन्छन -बिदाइको हात हल्लाउछन। म उस्तै जडवत उभिइ रहन्छु ,हात शालिक को झैँ ठडिन्छ अनि अनायासै झर्छ। मानौ मेरा अंग प्रत्यंग हरु नै म संग छैनन्। उनीहरु अस्पतालको गेट बाट ट्याक्सी चड्छन म औफुलाई उनीहरु संगै पाउछु। रुपेश ट्याक्सीको झ्यालबाट टाउको बाहिर निकल्छ र बिदाइको हात हल्लाउछ पुन: एकपटक। म मन मनै भन्छु ' रुपेश तिमि चाडैं सबल र सक्षम बन तिम्रो दाजु को आधार बन ( मेरो आफ्नो मान्छेको मुटुको टुक्रा ) । क्षण भर मै उनीहरू अलप हुन्छन म जडवत ढोकामै उभिरहन्छु उभिरहन्छु ।

Wednesday, September 11, 2013
.........साथी ऐनामा हेर !!!
मैले लगाएका जुत्ता लगाएर
मैले हिंडेको बाटो हिंडेर हेर !
मेरा पैतालाका खिल सहेर
मैले गरेको यात्रा गरेर हेर !!
बांच्नु मात्र नियती हो भने
मैले बांचेको जीवन बांचेर हेर !
सहनु जीवनको सीमा हो भने
मैले सहेका वचन सहेर हेर !
स्यालकै हुइयाँ गाउनु छ भने
साथी साथी ऐनामा गएर हेर !!!
Wednesday, September 1, 2010
तिमी
खोज्दै छु म मनको कुना माया तिम्रो थन्क्याउने
सोच्दै छु म शब्दहरू रुप तिम्रो झल्काउने
कुनै शब्द पाउछु कि त तिमीलाई सुहाउने
कुनै भाव भेटाउछु कि तिमी संग जुराउने
सुन्दर छ्यौ खै के भनुँ उति सुन्दर देख्दिन म
मायालु छ्यौ भनुँ भने मनको कुरा बुझ्दिन म
मुहार को कान्ति भित्र बसन्त को सौन्दर्य छ
अधरमा छरिएको मुस्कान भित्र माधुर्य छ
देख्दिन म यौवनको रङ्ग पनि तिमी भित्र
ममताले भरिएको मिठो साथ छ यत्र तत्र

Subscribe to:
Posts (Atom)