Custom Search

Thursday, October 30, 2008

गीत


चर्किएको छाती

चर्किएको छातीलाई टाल्ने कोही भेटिएन
माया गर्छु भन्थ्यौ मुखले यथार्थमा भेटिएन ।
चर्किएको छातीलाई ........................

च्यातिदिएँ तस्बिरहरु बिगत बनी बल्झाउने
च्यातिदिएँ प्रेमपत्र पाइलै पिच्छे अल्झाउने
मन नै च्याती फाल्दा पनि तिम्रो याद मेटिएन ।
चर्किएको छातीलाई ........................
................................................

कति पल्ट मरें होला तिम्रै लागि भनिकन
सयौं भेल तरें होला बाजी राखी यो जीवन
तिम्रो जीवन मेरो नाउँमा अझै किन लेखिएन ।
चर्किएको छातीलाई ............................
.................................................

पलपल दुख्नु भन्दा भुमरीमै फालिदिएँ
खरानी नै बन्छु भनि सलाई कोरी जलाई दिएँ
अचानोमै राखें छाती तर पनि रेटिएन ।
चर्किएको छातीलाई .......................
.............................................

माधव प्रसाद तिमिल्सिना
नौलो घुम्ती नेपाल
वित्त विभाग