कृष्ण हरि बराल
थाकिन्न रैछ कहिल्यै उकोलो चढ्दा पनि
पीरतिमा त अहो Û चिप्लेर लडदा पनि
पुतली हुँ कि आफू बती पो हो कि
माँयाजाउँ त्यही झैँ लाग्छ पखेटा डढ्दा पनि
धोखा भयो त के भो,
मजा छसम्झनैमा अतीतका पुराना प्रेमपत्र पढ्दा पनि
राधा र कृष्णकोझैँ संयोग–वियोग हो
मायाचुलिन्छ यो त झन्झन् दुरी नै बढे पानि ।